बैंक संचालक र सिईओको नियत असल हुन आवाश्यक

आर्थिक समाचार

पाल्पा।गभर्नर डा. चिरञ्जीबी नेपालले सञ्चालक र सिईओको असल नियत भएमा मर्जर सफल हुने बताएका छन्। भर्खरै बिग मर्जर नीति लिएका गभर्नरले बुटवल पुगेर असल नियतले काम भए मर्जर सफल हुने बताएका हुन्।

आईतबार तिनाउ र मिसन डेभलपमेन्ट गाभिएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैकको एकीकृत कारोबार उद्घाटन गर्दै मर्जरले बैंक बलियो र सबल हुने बताएका छन्। उनले बैकमा जम्मा भएको पैसा आफ्नो ठानेर मनमौजी गर्न नहुने बताए।
नेपालले सर्बसाधारणबाट परिचालित पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन पनि आग्रह गर्दै राष्ट्र बैकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पुनर्कर्जाको दर घटाई दिएको बताए। उनले गलत गर्ने कसैलाई पनि नछाड्ने भन्दै त्यस्तालाई कारवाही गरिने बताए।

उनले सुरूमा सच्चिन मौका दिने त्यसपछि मात्रै कारवाही गर्ने बताए। केही द्विविधा भए राष्ट्र बैकले बाटो देखाइदिने गभर्नर नेपालले बताए।वुटवलका दुई वित्तीय संस्था गाभिएपछि बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक भएको छ।

बैंकको केन्द्रिय कार्यालय तिनाउ विकास बैंकको भवन रहेको स्थान बुटवल ४, पाल्पा रोडमा रहेको छ।बराबरी शेयर हैसियतमा संस्था गाभिएका हुन्। गाभिएपछि हकप्रद शेयर जारी गर्नेछन्। मर्जरसँगै राष्ट्रियस्तरको विकास बैंक बन्ने छन्।मर्जरपछि चुक्ता पूँजी एक अर्व १४ करोड रुपैयाँ पुग्ने छ। निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्व ८३ करोड पुग्नेछ।

मर्जरपछि बन्ने तिनाउ मिसनको अध्यक्षमा अहिलेको मिसन डेभलपमेण्ट र्बैकका अध्यक्ष टिकाराम घिमिरेले निरन्तरता पाएका छन्। प्रमुख कार्यकारी अधिकृतमा तिनाउ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे छन्।