धरान । आईएमईग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरानप्रधानकार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामाबैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृततुलसी प्रसादवोस्तीर आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताअनुरुपआईएमईमोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा७०%८ सम्मको कर्जा सुविधामितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरानप्रधानकार्यालय रहेको)बाटपाउने भएका छन् । यसै अनुरुपग्राहकहरुले अशोक लेलैण्डको विभिन्नप्रकारका सवारी साधनहरुमाकर्जा सुविधाप्राप्तगर्ने भएका छन् । यो सुविधाले आगामीदिनमाग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीकाप्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधामात्रनभई दुवै कम्पनीबिच संयुक्त रुममासहकार्य गर्दै अगाडी बढ्ने कुरामापनि सहमतिभएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो । रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमालगानीविस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जनागर्ने कार्यमाआइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।
