सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

आर्थिक प्रशासन समाचार

ललितपुर, ६ वैशाख ः सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को आज सम्पन्न बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सडक मानव मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो ।

“सडक बालबालिका मुक्त अभियान थालनी किन नगर्ने?”, बैठकमा मन्त्री चौधरीले भन्नुभयो, “यो अभियान चाल्याँै भने हामी सफल हुन्छौँ ।” उहाँले अभियानका लागि सात सय ५३ वटै पालिकामा समेत समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले बालगृहहरुको अवस्था के छ ? अध्ययन गरी ‘रेकर्ड’ राख्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।