काठमाडौं । दशौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता २०८१ शनिवारदेखि दशरथरंगशालामा शुरु भएको छ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले प्रतियोगिताको समुद्घाटन गर्नुभयो । प्रतियोगितामा नेपाल लगायत श्रीलंका, बंगलादेश तथा भारतका विभिन्न प्रान्तबाट आएका खेलाडिहरुले प्रतिष्पर्धा गरिरहेका छन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले प्रतियोगिता सफलताको शुभकामना दिदैं प्रतियोगितामा कराते खेलाडिहरुको सहभागीता देखेर उत्साहित भएको बताउनु भयो ।
आगामि दिनमा खेलकुदको विकास र परिमार्जन तथा युवा सहभागीतालाई आफुले प्राथमिकतामा रखेर काम गर्ने उल्लेख गर्नुभयो । यसैगरी नेपाल कराते महासंघ सचिव एवं सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले प्रतियोगिता सफलताको शुभकामना दिंदै खेलकुद र खेलाडिहरुको हितमा हुनेगरी खेलकुद ऐन संशोधन सहित परिमार्जन गर्न खेलकुद मन्त्रीलाई सुझाव दिनुभयो । नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्साल स्थापनाको २५ वर्ष पुरा गरेको अवसर पारेर वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता आयोजना गरिएको संयोजक एवं शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपांगीले जानकारी दिनुभयो । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
