माछापुच्छ्रे बैंकले खोल्यो शाखा सातै प्रदेशमा सञ्जाल

आर्थिक समाचार

काठमाडौं। माछापुच्छ्रे बैंकले प्रदेश नं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ।

बैंकले प्रदेश नम्बर २ स्थित बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगव र लालबन्दी, धनुषाकोे ढल्केबर, सिराहाको गोलबजार तथा सप्तरीको कन्चनपुरमा ९ वटा र प्रदेश नं. १ स्थित झापाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखा खोलेको हो।

शाखाहरु सम्बन्धित नगरका प्रमुख तथा बैंकका अध्यक्ष डा बिरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। बैंकको सातै प्रदेशमा १३६ वटा शाखा पुगेका छन्। बैंकका १२१ शाखारहित बैकिङ्ग सेवा इकाइ पनि छन्। बैंकका १५७ वटा एटिएम छन्।