राष्ट्रिय खेलकुद परिषदको स्वीकृती एवम सहयोग तथा नेपाल कराते महासंघको आयोजनामा ५६ ओै राष्ट्रिय कराते प्रतियोगिता बुधवार सम्पन्न भएको छ । प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, ८ रजत र १० कास्य जित्दै बागमती समग्रमा टिम प्रथम बन्यो । त्यसैगरि नेपाल प्रहरीले १५ स्वर्ण,२ रजत र ३ कास्यसाथ टिम दोश्रो भयो भने कोशी प्रदेशले ११ स्वर्ण सहित तेश्रो स्थानमा चित्त बुझायो ।विजेता खेलाडी तथा टोलीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,महासचिव दावा गुरुङग,कराते महासंघका पदाधिकारी लगायतले एक कार्यक्रम विच पुरस्कार वितरण गरे । मित्र राष्ट्र भुटानमा आगामी जुलाई महिनामा हुने ८ ओै दक्षिण एशियाली कराते प्रतियोगिता र मिशन-२०२६ अन्तर्गत राष्ट्रिय टिम छनौटका लागि प्रतियोगिता आयोजना गरिएको थियो । यस अघि गत सोमवार उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ ले एक बिशेष समारोह विच उदघाटन गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले भुटानमा हुने ८ ओै दक्षिण एशियाली कराते प्रतियोगितामा सहभागी जनाउनेछ भने सोही खेलाडीहरुवाट राष्ट्रिय टिम छनौट गरिनेछ ।
सातदोवाटो स्थित कराते एकेडेमी हलमा आयोजित उक्त प्रतियोगितामा विभिन्न ७ प्रदेश,नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल १० टिमका करिव ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसै विच सन २०२० मा नेपाल सितोरियो कराते संघले आयोजना गरेको डान अप ग्रेडिङ्ग गरेको प्रमाण पत्र समेत वितरण गरेका थिए ।

