विपिन कुमार गुरुङ
अध्यक्षको प्रत्यासी गैरआवासीय नेपाली संघ दक्षिण कोरिया
दक्षिण कोरिया, सउल ।
दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहलले तातेको छ। आगामी सेप्टेम्बर २१-२२, २०१९ मा घोषित एन.आर.एन.ए.को सातौँ अधिवेशन हुन गइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो बर्षको अधिवेशन अत्यन्त महत्वपूर्ण र बिशेष हुने बिश्वास गरिएको छ। सातौँ अधिवेशनका लागि अध्यक्षका आकांक्षीको रूपमा क्रमश: दक्षिण कोरिया गैरआवासीय नेपाली संघका(एन.आर.एन.ए)तत्कालिन बरिष्ठ उपाध्यक्ष विपिन कुमार गुरूङ, बुद्धि गुरुङ र यज्ञराज सुवेदीले उम्मेदवारी दिएका छन् ।
यसै क्रममा बिगत दुई दशकदेखि दक्षिण कोरियामा बसोबास गर्दै आउनु भएका, दर्शन नमस्ते रेष्टुरेण्टका सञ्चालक, बाग्लुङ समाजका सस्थापक संरक्षक, ब्याटमिन्टन संघ दक्षिण कोरियाका अध्यक्ष, दोङदेमुन ब्यबसायी संघका उपाध्यक्ष, कुशल भलिबल खेलाडी, आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघ सस्थाहरूमा क्रियाशील रहनुभएका समाजसेवी, ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्षको रूपमा रहनुभएका र हाल गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए) दक्षिण कोरियाको सातौँ अधिवेशनमा अध्यक्षका बलिया उम्मेदवार विपिन कुमार गुरुङसँग गरिएको कुराकानीको संपादीत अंश:
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) दक्षिण कोरियामा तपाईंकै नेत्रृत्व किन आबश्यक छ?
म कोरियामा दुई दशक देखि ब्यबसायिको रूपमा रहदै आएको छु। दुई दशकको अन्तरालमा मैले कोरियामा रहनूभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको परिस्थिति र समस्यालाई धेरै नजिक बाट बुझ्ने मौका पाएको छु। यी तमाम परिस्थिति र समस्यालाई समाधान गनॅको निम्ति म हिजो कुनै पदमै नहुदाँ पनि सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु।
मैले एन.आर.एन.ए दक्षिण कोरियामा पदको ,लोभले उम्मेदवारी दिएको होइन। म एन.आर.एन.ए दक्षिण कोरियामा साधारण सदस्यको (२०१३~२०१५) रूपमा निर्वाचित हुदैॅ, उपाध्यक्ष(२०१५~२०१७)र बरिष्ठ उपाध्यक्ष(२०१७~२०१९) को रूपमा दक्षिण कोरियामा रहनुभएका श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हितको लागि काम गर्दै हाल एन.आर.एन.ए दक्षिण कोरियाको अध्यक्षको२०१९~२०२१)उम्मेदवारको रूपमा उभिएको छु। एन.आर.एन.ए दक्षिण कोरिया एंव दक्षिण कोरियामा रहेका दर्जनौं संघ सस्थाहरूमा क्रियाशील रहदा पाएको अनुभव एंव योग्यताका आधारमा मैले एन.आर.एन.ए दक्षिण कोरियामा अध्यक्ष पदको लागि उम्मेदवारी दिएको हुँ र मेरो नेत्रित्वको एन.आर.एन.ए दक्षिण कोरियाले प्रभावकारी र शसक्त रूपमा काम गर्न सक्छ भन्ने कुरामा बिश्वस्त छु।
तपाईंलाई बिभिन्न राजनीतिक दलका संगठनहरूको पनि समर्थन छ भनिन्छ नि?

सर्बप्रथम त दक्षिण कोरियामा रहनुभएका श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सल्लाह सुझाव एंव आग्रहलाई सिरोपर गर्दै मैले आफूलाई साझा उम्मेदवारको रूपमा एन.आर.एन.ए दक्षिण कोरियाको अध्यक्षको रूपमा उभ्याएको कुरा तपाईंको मिडिया मार्फत जानकारी गराउन चाहन्छु। दक्षिण कोरियामा अहिलेसम्म मलाई कसैले औँला ठड्याउने काम गरेको छैन र गर्दिन पनि। जहाँसम्म बिभिन्न राजनीतिक दलका संगठनहरूको समर्थनको कुरा छ, सम्पुर्णले मलाई साझा उम्मेदवारको रूपमा लिँदै सल्लाह, सुझाव, सहयोग र समर्थन गरिरहनुभएको छ। यसै क्रममा जनसम्पर्क समिती दक्षिण कोरियाले क्रियासिल सदस्यहरुको फेसबुक गुप् माफॅत मलाई सहयोग गर्ने निर्णय गरेको छ र अरू राजनीतिक दलका सङ्गठनहरूको समर्थन आउने क्रम जारी छ। म सम्पुर्ण राजनीतिक दलका सङ्गठनहरू , जातीय सङ्गठनहरू एंव सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको म प्रतिको विश्वास, सहयोग र समर्थनको लागि हार्दिक कॄतज्ञता ब्यक्त गर्न चाहन्छु।
एनआरएन दक्षिण कोरियाको सातौं महाधिवेशनमा तपाईंका मुख्य एजेण्डाहरु के-के छन्?
मैले दक्षिण कोरियामा बिगत देखि नै सामाजिक कामको साथसाथै सकारात्मक सोच र पारस्परिक सहयोगका आधारमा थुप्रै राम्रा काम गर्दै आएको कुरा त हजुरहरुलाई सर्वविदितै छ। यसपालि म मुख्य ६ बूँदे एजेण्डा अनुरूप काम गर्ने छु। जुन निम्न अनुसार छन्:
१. एनआरएन दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउनेः
सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने पहल रहने गर्नेछु । दर्ताका लागि धेरै प्रकृया अगाडि बढीसकेको पनि जानकारी गराउँछु । संस्थालाई कानुनीरुपमा कोरियन सरकारमा दर्ता गरेर हाम्रो समूहले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ
२. कानुनी, आर्थिक र मनोवैज्ञानिक सहयोग गर्नेः
कोरियामा रहेका विभिन्न संघसंस्थाहरु, एनआरएनएका क्षेत्रिय पदाधिकारी, बुद्धिजिवी, श्रमजिवी, विधार्थी, व्यवसायी तथा सम्पूर्ण सञ्चारकर्मीहरुसंग मिलेर यहाँ रहेका नेपालीहरुको हकहित, कानुनी समस्या, तनाव तथा विरामीहरुको उपचारार्थ आर्थिक तथा कानुनी सहयोग र समस्या समाधान गर्नेछौं । दूतावास र कोरियन सरकारसँग मिलेर हामी सबै एकजुट भएमा धेरै राम्रा कामहरु गर्न सकिन्छ । यसमा मेरो विशेष जोड रहनेछ । कोरियामा नेपालीहरुको संख्या वृद्धि भएसंगै प्रत्येक महिनामा विभिन्न घटानाहरु भइरहेका छन् । र यसको समाधान गर्नका लागि उपयोगीमूलक कार्यक्रमहरु र परामर्श सेवा प्रदान गरिने स्पष्ट पार्न चाहान्छु ।
३. अक्षयकोष स्थापनाः
दुई बर्षीय कार्यकालमा नेपालमा रहेका पीडित, असक्त, वृद्ध, पिछडिएका वर्ग, गरिब तथा जेहेन्दार विधार्थीहरुलाई सक्दो सहयोगका लागि आर्थिक संकलन, आवश्यक सहयोग र यसका लागि ५० लाखदेखि १ करोडसम्मको अक्षयकोष निमार्ण गरिने छ । साथै यसबाट आएको ब्याजले नेपालमा रहेको दुःखी पीडितको सहयोग गरिने छ ।
४. एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन गर्नेः
एनआरएन कोरियाले एनआरएनए र आईसिसिसंगको सहकार्यमा पहिलो पटक ऐतिहासिक एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ । त्यसका लागि कोरियामा रहेका संघ संस्थाहरुका प्रतिनिधिहरुसंग सहयोग र सल्लाह लिइने छ ।
५. स्वदेशमा लगानीको वातावरण बनाउनेः
सर्बप्रथम त नेपाल सरकारले घोषणा गरेको ” नेपाल भ्रमण बर्ष २०२०” लाई अत्यधिक सफल बनाउनको लागी हाम्रो ठुलो प्रयास रहनेछ। त्यसपछि कोरियामा आर्जन गरेको शिप र पूजींबाट आफ्नै देशको समृद्धिको लागि एउटा बृहत सेवामूलक तथा आयमूलक कोरियन परियोजना निर्माण गरि नेपालीहरुको जीवनस्तर माथि उकास्न पहल गर्नेछौं । यसका साथै संसारभरि छरिएर रहेका एनआरएनएका अति सफल तथा विशिष्ट व्यक्तिहरुसंग मिलेर नेपालको कृषि, पर्यटन, होटल व्यवसाय तथा हाइड्रोपावर जस्ता आयमूलक परियोजनामा कोरियाबाट पनि लगानी गर्नका लागि सेमिनारहरुको आयोजना गर्नेछौं । साथै आफ्नो लगानी निश्चित रुपमा नफस्ने ग्यारेन्टी हुने गरी निती नियमहरु बनाउने छौॅ ।
एनआरएन कोरियाको गतिविधिहरु तथा हिसाब किताबलाई पारदर्शी बनाईनेछ । साथै संस्थाको वेवसाइट तथा फेसबुक पेजद्वारा अपडेट गराईनेछ । संस्थालाई कसरी स्वच्छ र मर्यादित बनाउने भन्ने विषयहरुमा गम्भीर भएर अगाडी बढ्नेछौँ । अन्त्यमाः यस संस्थामा रहेर विगतमा गरेका आफ्ना केहि राम्रा कामहरुलाई थप निरन्तरता दिदै यस संस्थाको गरिमालाई उच्च कायम बनाइ राख्न अझ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु ।
अन्त्यमा के भन्नुहुन्छ?
म फेरि दोह्याउन चाहन्छु, मैले एन.आर.एन.ए दक्षिण कोरियामा पदको लोभले उम्मेदवारी दिएको होइन। म हिजो कुनै पदमै नहुदाँ पनि कोरियामा रहनूभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु। यसपटक मैले हजुरहरुकै सल्लाह, सुझाव एंव आग्रहलाई सिरोपर गर्दै र आफ्नो रोलक्रम अनुसार एन.आर.एन.ए दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु। म हजुरको सेबक बन्न चाहन्छु। एन.आर.एन.ए दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष हुदाँ अधुरो रहेका कामलाई पुरा गर्दै आफ्नो मुख्य ६ बूँदे एजेण्डा अनुरूप सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको हक हितको लागि काम गर्ने छु। मलाई यसपटक हजुरहरुले अत्यधिक मतका साथ एन.आर.एन.ए दक्षिण कोरियाको अध्यक्ष पदमा बिजयी गराई हजुरको सेबक बन्ने मौका प्रदान गर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु।
