वामदेव किन जाँदैछन् सिंगापुर

मुख्य समाचार राजनीति

काठमाडौं, भाद्र १८ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सिंगापुरमा उपचाररत छन् । उनको उपचारमा केही समय लाग्ने बताइएलगत्तै पार्टी महासचिव विष्णु पौडेल र नेता वामदेव गौतम सिंगापुर जाने तयारीमा छन् । उनीहरुलाई प्रधानमन्त्रीको स्वास्थ्यबारे चिन्ता भएर जाने हुन् कि अरु कुनै योजना छ ? भन्ने चर्चा व्यापक चल्न थालेको छ ।पौडेल र गौतम आजै त्यसतर्फ जाने समाचार छ ।

गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीज्यूले सिंगापुर आउनुहोस्, सँगै फर्किउला भन्नुभएपछि गौतमजी पनि आज सिंगापुर जान लाग्नुभएको हो,’ स्रोतले बतायो ।