काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले स्थापनाकालको ५७औँ वार्षिक उत्सव मनाएको छ । कर्पोरेशनले ५६ वर्ष पुरा गरी ५७औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कालिमाटीस्थित कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गर्री शुभकामना आदान प्रदान गरेको हो ।
उद्
योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आथित्यमा आयोजित ५७ औँ वार्षिक उत्सव कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले अहिले सम्म जनताप्रति समर्पित भएर काम गर्दै आएको छ । यस्तो संस्थाले बजारलाई स्थिर राख्न, मूल्य नियन्त्रण गर्न अहम भूमिका खेलेको बताए । साल्टट्रेडिङले चाडबाड लक्षित सहुलियत पसल समेत त्यसैको लागि गत २३ गतेबाट खोलेको उनको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थाले नुनदेखि कृषकका लागि अनुदानमा रासायनीक मल विक्री–वितरणमा उल्लेखनीय योगदान पु¥याएको बताएकी छिन् । उनले ‘इतिहासको यति लामो समयमा निरन्तर रुपमा कर्पोरेशनले आफ्नो उद्देश्य एवम् प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवम् सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।’
उनले भनिन्, ‘नेपाल सरकारले निर्धारण गरेको नीति नियमभित्र रहेर कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ र परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा विस्तार गर्दै समृद्ध नेपाल सुखी नेपालीको अवधारणलाई सघाउ पुर्याउने नीति लिएको छ ।’
कार्यक्रममा बोल्दै उनले सन् १९८५÷८६ को सर्वे अनुसार नेपालमा ४४.२ प्रतिशत गलगांड रोगी रहेकोमा साल्ट ट्रेडिङ्गकै एकल पहलमा आयोडिन युक्त नुन उपलब्ध गराउँदै सन् २००७ सम्ममा गलगाँडलाई शुन्य (०.४) प्रतिशतमा झार्न सफल भएको बताएकी छिन् । जुन नेपाल भारत सरकाको सहयोगमा नेशनल सर्वे एण्ड इम्प्याक्ट स्टडी फर आयोडिन डिफिसेन्सी डिस्अडर(आईडीडी) र एभिलिटी अफ आयोडिन साल्ट इन नेपालको सर्वेक्षण रिर्पोटमा उल्लेख गरिएको छ ।
यसै अवसरमा कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहुँचमा पु¥याउन कर्पोरेशन सदैव सक्रिय रहने र भविष्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्ति गरेकी छिन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव तथा कार्यक्रमका विशेष अतिथि बैकुण्ठ अर्यालले साल्ट ट्रेडिङ्गले सात वटै प्रदेश र ७ सय ५३ वटै स्थानिय तहमा आफ्नो सेवा विस्तार गरेको र उत्कृष्ट सेवा सुविधा आम उपभोक्तमा पुर्याएको बताएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतका तीन संस्थानहरु साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल आयल निगम र नेशन ट्रेडिङ्ग रहेका छन् । यी संस्थानहरुले नेपाल सरकारको मातहतमा रहेर काम गरिरहेका छन्,’ उनले भने, ‘यसैको एउटा संस्थान साल्ट ट्रेडिङ हो । नेपाल सरकारको नीति निर्देशनमा नुन देखि अनुदानको रासायनीक मल समेत उपभोक्तामाथ उपलब्ध गराउँदै आएको छ । सुगममा मात्र नभएर दुर्गममा पनि यी संस्थानले सेवा तथा सुविधा पुर्याइरहेका छन् ।’
उपभोक्त हित संरक्षण संघका प्रेमलाल महर्जनले उपभोक्ताको प्रत्यक्ष दैनिकीसँग र स्वास्थ्यसँग जोडिएको नुनको कारोबार साल्ट टेडिङ्गबाट निजि क्षेत्रमा कुनै हालतमा पनि लैजान नहुने बताए । यदी त्यसो गरे जुन दिन नुन निजी क्षेत्रमा जान्छ त्यस दिनदेखि उपभोक्तको जीवन(स्वास्थ्य) धरापमा पर्ने ठोकुवा गरे । कार्यक्रममा नेपाल सरकारका मन्त्रालय सचिव, सहसचिव, कर्पोरेशनका संचालक, वाणिज्य आपस्र्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्टट्रेडिङ कर्पोरेशनले आम उपभोक्तालाई सहुलियतमा सेवा दिइरहेको चर्चा गरे । साल्टट्रेडिङ कर्पोरशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले ५७ औं वार्षिक उत्सव कार्यक्रमको समापन गर्नु भएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक, पूर्व सञ्चालक समितिका पदाधिकारी लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
