सीता सुबेदीले प्रताप दाससङ्ग सत्य राम गीत ल्याइन

मनोरन्जन समाचार

कामदार दैनिक

काठमाण्डौ ।

शास्त्रीय एक खुट्टामा नृत्य गर्ने भनेर परिचय बनाएकी सीता सुवेदी तथा प्रताप दासको आवाजमा अनि मानकाजी शाक्यको शब्दमा सत्य राम राम गीत सार्वजनिक गरिएको छ। यस गीतमा लय सीता सुबेदीको आफ्नै रहेको छ भने सङ्गीत सम्योजन पवन रानाभाटको रहेको छ। माया प्रेममा मीठो मेल सहितको लोक भाकामा सार्वजनिक यस गीतले नेपाली लोकपनको मिठो सङ्गम गराएको देखिन्छ।

उक्त गीतको भिडियोमा सिनेमाटोग्राफीमा निलकण्ठ सुवेदी छन भने करन साउदको निर्देशन रहेको छ। पोस्टप्रोडक्सन ए के प्रोडक्सन नेपालबाट गरिएको छ भने गीत सीता सुवेदीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियोमा रविना थापा, प्रकाश दुरा, अशोक पङ्गेनी सहित सीताको आफ्नै अभिनय रहेको छ जसमा अन्य कलाकारहरुले समेत साथ दिएका छन ।