कांग्रेस लुम्बिनीको सचेतकमा श्रेष्ठ

राजनीति

तुलसीपुर (दाङ), २३ माघः नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई आज सचेतक पदमा नियुक्त गरेको जानकारी दिनुभयो । श्रेष्ठ प्यूठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएको थियो ।

यसअघि प्यूठानकै निमा गिरी सचेतक हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि संसदीय दलका नेता चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गर्नुभएको हो ।