“वागमती प्रदेश स्तरिय सितोरियो कराते,दिक्षान्त शुरु,मन्त्रीले गरे उदघाटन’

खेलकुद

काठमाण्डौ,शनिवार ३ फागुन/ नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार ७ वटै प्रदेशमा दिक्षान्त ( Black belt 1St Dan,2nd Dan,3rd Dan Grading ) कार्यक्रमको आयोजना गर्ने क्रममा वागमती प्रदेश स्तरिय दिक्षान्त आज देखि शुरु भएको छ ।

कार्यक्रमको वागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एक विशेष समारोह विच उदघाटन गर्नुभयो ।उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री महर्जनले खेलकुद क्षेत्र विशुद्ध खेलकर्मीले नेतृत्व गर्नुपर्ने प्रष्ट्याउनुभयो ।
आफु करातेको अन्तराष्ट्रिय रेफ्री तथा पुर्व वरिष्ठ प्रशिक्षक समेत रहेकोले खेलकुद समग्र खेलकर्मीको नेतृत्वमा आए खेल बिकाश हुने कुरामा दुईमत नरहने वताउनुभयो ।

सम्वोधनकै क्रममा प्रमुख अतिथि महर्जनले हाल संघका अध्यक्ष रहेका दावा गुरुङ्गको आफु स्वयम चेला भएकोमा गर्वानुभुत महशुस भएको वताउदै,आफ्ना गुरु यदि ओलम्पिक कमिटीको उपाध्यक्ष मात्र नभई अध्यक्ष हुने हो भने,ओलम्पिकको विवाद समाधान गर्न आफुले सम्वन्धित निकायमा जस्तोसुकै पहली कदम लिन तयार रहेको वताउदै यसो भएमा खेलकुद न्याय पाउने समेत वताउनुभयो ।

दिक्षान्त उदघाटन समारोहमा नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघका पदाधिकारीहरु ,वागमती प्रदेशका पदाधिकारी,
प्रशिक्षक,स्वयमसेवक प्रशिक्षक,करातेकर्मी,खेलाडी, पत्रकार,स्थानियवासी लगायत खेल शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेका थिए ।

सितोरियो संघले यस अघि गण्डकी,लुम्विनी र वागमती प्रदेशको दिक्षान्त सम्पन्न गरिसकेको छ भने हाल मधेस प्रदेशको पर्सा विरगन्जमा यही फागुन १ देखि ४ सम्म सन्चालन भईरहेको छ भने वागमती प्रदेश अन्तर्गतको उपत्यकाका वाकी ३ जिल्लाको आज फागुन ३ देखि सन्चालन गरेको हो ।

नेपाल सितोरियो कराते संघ एवम एशिया प्यासिफिक सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङ्गको सभापतित्वमा सन्चालिन उक्त उदघाटन समारोहमा वागमती प्रदेशका अध्यक्ष गगन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने,कायक्रमको सन्चालन नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले गरेका थिए ।

सातदोवाटो स्थित कराते एकेडेमी हलमा करिव २ सय जना खेलाडी सहभागी जनाएको आजदेखि शुरुभएको उक्त दिक्षान्त फागुन ६ गते सम्म चल्नेछ । संघको बार्षिक कार्यक्रम अनुशार अव बाकी रहेको कर्णाली,सुदुर पश्चिम र कोशी प्रदेशमा यही फागुन र चैत्र महिनाको पहिलो साता भित्र सम्पन्न गराउने योजना रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’, जानकारी गराए ।