

काठमाडौं । बचन बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि उप्रेतीले संस्थाको १० औं वार्षिक साधारणसभाको अवसरमा संस्थाले स्थापनाकालदेखि हालसम्म गरेको प्रगतिको प्रसंसा गर्दै पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस सहकारी संस्थाले सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर तथा प्रसंसा गर्दै नेपाल जस्तो न्यून आर्थिक वृद्धि, बेरोजगारी, आर्थिक विकासमा क्षेत्रीय असमानता, व्याप्त गरिवी र विप्रेषणमुखी अर्थतन्त्रलाई सुधार गर्नको लागि सदस्यहरुको बिमा व्यवस्था, युवा स्वरोजगार कार्यक्रम, भविष्य साहारा कार्यक्रममा सहभागिता र व्यवस्थापनमा सञ्चालन हुने सहकारी पद्धतिमार्फत आम समुदायलाई संगठित गराई देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सहयोग पुर्याएको बताउनुभयो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरज केसीले गर्नु भएको थियो । अध्यक्ष केसीले संंस्थाले विगतमा गरेको प्रगतिको समीक्षा र भावी योजना तय गर्नु यस सभाको प्रमुख उद्देश्य भएको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारीको सिद्धान्त, मूलय, मान्यता, राज्यको प्रचलित सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७६ अनुसार संस्थालाई विकसित बनाउनको लागि यो साधारणसभा अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो । उहाँले संस्थाको समष्टिगत आर्थिक अभिवृद्धिको विश्लेषण गर्दा सबै पक्षहरु सवल र सकारात्मक रुपमा विकास भइरहेको बताउनुभयो । अधिकांश आर्थिक सूचकहरु बचत तथा ऋण सहकारी संस्थाको मापदण्डको परिधि भित्र रहेर काम गरेको बताउनु भयो ।
उहाँले संस्थाको भावी कार्ययोजना र भावी रणनीतिहरुका बारेमा साधारणसभामा संस्थाको धारणा राख्नु भयो । कार्यक्रमा विशेष अतिथि वडा नम्बर ३० का वडा अध्यक्ष दलबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमख अतिथिबाट पानसमा दीप प्रज्वलन गरेर भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रवन्ध निर्देशक देशमर्दन बस्न्यातले गर्नुभएको थियो । कार्यक्रमका सभापति सुरज केसीले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो अवसरमा संस्थाले जेष्ठ सदस्यहरु बखतबहादुर चित्रकार, श्यामप्रसाद धिताल, प्रेमबहादुर तामाङ, हरिप्रसाद पाध्य, सुरेन्द्रमान वैद्य र डा. लक्ष्मण शाक्यलाई सम्मान गरेको गर्यो । त्यसैगरी सम्मानित हुनेहरुमा मञ्जुश्री ई. बोर्डिङ स्कुल, वरिष्ठ गायक लेखबहादुर गुरुङ, गायिका टिका प्रसाईं, हास्य कलाकार उत्तम अर्याललगायतलाई सम्मान गरियो ।


संस्थाका अध्यक्ष सुरज केसीबाट शेयर सदस्यहरु सञ्जय धिताल, मन्दिरा राणा, कृष्णमाया तामाङ भण्डारी, तारादेवी लुईंटेल र उत्कृष्ट कर्मचारीमा अम्बिका पुडासैनीलाई सम्मान प्रदान गर्नुभयो । त्यसैगरी अध्यक्ष केसीले अनिशा बस्नेत, कृति खत्री, ऋषिका महर्जन, आकृति तामाङ, सरिता लामा र लीला मगरलाई प्रसंसापत्र प्रदान गर्नुभयो ।
त्यसैगरी केसीले मुस्कान जयसवाल, एलिजा श्रेष्ठ, गोविन्द साह, रोहित जयसवाल, मोनिका लामा, कृषला अर्याल, रोशनी तामाङलाई छात्र वृत्ति तथा प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन सञ्चालक समितिका सदस्य डा. लक्ष्मण शाक्यले गर्नुभएको थियो ।
