NRNA-NCC) दक्षिण कोरियाले सार्बजनिक गर्यो पहिलो बैठको निर्णय

कोरियाअपडेट

रवि पराजुली
सौल / दक्षिण कोरिया !

नव-निर्वाचित अध्यक्ष श्री विपिन कुमार गुरुङज्युको अध्यक्षतामा २०२५-०४-०८ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त बैठकमा एनआरएनए आइसीसी केन्द्रका नवनिर्वाचित सदस्य श्री महेश बजगाईं प्रमुख अतिथि रूपमा सहभागी भए ! बैठकमा निम्न कार्यसूचीहरूमा छलफल तथा निर्णय गरिएको NRNA-NCC) दक्षिण कोरियाले बताएको छ !

१. आपसी परिचय:
नव-निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूबीच आपसी परिचय, भाइचारा र आत्मीयताको वातावरण सिर्जना गरिएको छ ।

२. सल्लाहकार तथा संरक्षक नियुक्ति सम्बन्धमा:
संघलाई अझ बृहत्, समावेशी र सबल बनाउन सल्लाहकार तथा संरक्षकहरूको नियुक्ति गरी सल्लाहकार परिषद् गठन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ । सल्लाहकार तथा संरक्षकहरूको नामावली केही दिनभित्र सार्वजनिक गरिनेछ ।

३. पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक गर्ने सम्बन्धमा:
कार्यकाल (२०२५–२०२७) अवधिभर संघले गर्ने प्रमुख कार्यहरूबारे कोरियास्थित नेपाली समुदायसामु पत्रकार सम्मेलन मार्फत चाँडै सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

४. लोटस फेस्टिवल (Lotus Festival) मा सहभागिता बारे :
मिति २०२५ अप्रिल २६ मा आयोजना हुने Lotus Festival मा नेपाली संस्कृति, पहिचान र सहभागिता प्रभावशाली रूपमा प्रस्तुत गर्न सम्पूर्ण कार्यसमिति, संघका सदस्य र सरोकारवाला पक्षसँग सहकार्य गर्दै भव्य उपस्थितिको तयारी गर्ने निर्णय पनि गरिएको छ ।

५. डेलिगेट (Delegate) सम्बन्धी विषयमा :
मिति २०२५ मे २ देखि ५ सम्म काठमाडौंमा हुने एनआरएनए अन्तर्राष्ट्रिय एकता महाधिवेशन का लागि दक्षिण कोरियाबाट सम्भव भएसम्म धेरै प्रतिनिधिहरू पठाउने र Delegate फारम भराइ दक्षिण कोरियाको उपस्थिति मजबुत र आकर्षक बनाउने निर्णय गरिएको छ ।