प्रतिक्षा र नारायणको “तिम्रो स्पर्शले”

मनोरन्जन समाचार

बिगत २ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय चर्चित गायक नारायण थापा र बेनिशा पौडेलको सुमधुर आवाजमा रहेको नया गीत तिम्रो स्पर्शले को म्युजिक भिडियो G Media Conection युट्युब च्यानल मार्फत भरखरै सार्बजनिक भएकोछ। प्रतिक्षा काफ्ले र राज टाइगरको बेजोड अभिनय रहेको गीतमा पुरुषोत्तम बस्नेतको शब्द नारायण थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग दिनेश पराजुलीको छायांकन प्रकाश धितालको निर्देशन एवं राकेश दाहालको सम्पादन रहेकोछ।
गीतको भिडियोमा एक प्रेमजोडीले प्रकृति र पबित्र प्रेमलाई बिम्बमार्फत अभिव्यक्त प्रेम र समर्पणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
पछिल्लो समयका चर्चित अनि ब्यस्त गायक थापाको सोह्रै श्रृंगार,कुनै दिन त,टेलि चलचित्र गाउँ फर्क को शिर्ष गीत गाउँ फर्क,परिणाम नखोजतिमी,रातभरी औधि मन पराएँ लगायत ६ दर्जन बढि गीतहरु रेकर्ड भैसकेकाछन। गायक थापाको अजम्बरी-२०७२, परिवेश-२०७७, आकर्षण-२०७९ गरि तीन एल्बम बजारमा आइसकेका छनभने चौथो एल्बम ‘आभूषण’का गीतहरु रेकर्डिंगको क्रममा रहेको उहाँले जानकारी गराउनुभयो।
त्यस्तै पछिल्लो समयकि ब्यस्त एवं चर्चित कलाकार प्रतिक्षा काफ्लेको तिमीलाई नै,छोट्टी फकाउन,तिम्रो जस्तो हैशियत लगायत २ दर्जन गीतहरु बजारमा सार्वजनिक भईसकेकोछ। बिभिन्न टेलिचलचित्रमा समेत अभिनय गरिसक्नुभएकि प्रतिक्षा काफ्ले बहु प्रतिक्षित र समसामयिक टेलि चलचित्र गाउँ फर्क मा पनि अनुबन्धित भईसकेकिछिन भने आधा दर्जन म्युजिक भिडियो बजारमा आउने क्रममा रहेकाछन।