महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल

प्रवास वैदेशिक रोजगार समाचार

काठमाडौँ, १२ वैशाख स् गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउने प्रयासमा सहयोग गर्न अपिल गरेको छ । समितिका संयोजक एवं पूर्वअध्यक्ष शेष घलेले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनको वातावरण बनाउन संस्थापक, पूर्वअध्यक्ष र उच्चस्तरीय समितिका सदस्यलाई छलफलमा जुट्न आग्रह गर्नुभएको हो ।

“अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नुपर्ने बेला हो”, उहाँले भन्नुभयो, “विगतमा कसले के ग¥यो त्यो कुरा अहिले छाडौँ, तोकेको मितिमा महाधिवशेन आयोजना गर्नु नै एकताको सुत्र हो, फुटेर होइन, जुटेर अघि बढौँ ।” संयोजक घलेले खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न अपिल गर्नुभएको छ ।