–गजेन्द्रबहादुर खपाड्गी “ईश्वर”
सन १९५९ अक्टोवर १५ मा जन्मनु भएका गुरु युवराज लामा नेपाली कलाकारिता र खेलकुद क्षेत्रमा नौलो नाम होईन । नेपालका लोकप्रिय एवं चर्चित खेलकरातेको संस्थापक मध्ये एक रहनु भएका लामा सितोरियो करातेका पुर्व वरिष्ठ प्रशिक्षक हुनुहुन्छ । कराते खेल क्षेत्रमा झण्डै ५ दशक व्यतित गरिसक्नु भएका लामा नेपाली खेलकुद क्षेत्रको अव्वल नेतृत्वको रुपमा परिचित रहनु भएको छ । लामाले ६८ को दशकमा खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको रुपमा नेतृत्व सम्हाल्नु भएको थियो । विगतमा दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसक्नु भएका लामा खेलकुद ,कलाकारिता र सफल व्यवसायीको रुपमा समेत परिचित छन ।
करातेका अव्वल नेतृत्व गुरु युवराज,नेपाली कालाकारिता क्षेत्रमा पनि सफल चलचित्रकर्मीको रुपमा परिचित छन । चलचित्र निर्माण,निर्देशनमा समेत ख्याती कमाएका गुरु युवराजले करिव २ दर्जन नेपाली चलचित्रको निर्माण गरिसक्नु भएको छ । ५० को दशकमा लामाले निर्माण गर्नु भएको चलचित्र ‘देउता’ले नेपाली जनताको मन जित्दै सर्वाधिक लोकप्रियता हाशिल गरेका थिए भने उक्त चलचित्रले गुरु लामाको कलाकारितामा समेत अव्वलताको प्रमाणीकरण गरिदियो ।
गत २०७९ चैत्र ११ मा नेपाल कराते महासंघमा युवराज लामाको नेतृत्व आएको मात्र दुई वर्ष भयो, तर यो कालखण्डमा झण्डै दुई दशक देखि देखि हुन नसकेका करातेको बिकाश बिस्तार द्रुत गतिमा भएको र विगत लामो समय देखि विवादमा रहेको करातेलाई एकिकृत वनाउदै छोटो समयमै उलेख्य कार्यहरु भएको जानकारहरु वताउछन । लामाले करातेको नेतृत्व सम्हालेपछि लामो समय देखि विवादित रहेको राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता प्राप्त भन्ने शव्दको अन्त्य भयो जसको फलस्वरुप कराते एउटै धारमा अघि बढ्यो ।
यसैगरि डव्ल्यु.के.एफ.र ए.के.एफ बाट मान्यता प्राप्त लिदै नेपालमा पहिलो पटक एकेएफ रेफ्री सेमिनार गरिनु लामाको खारिएको नेतृत्व प्रस्तुत र राज्यका निम्ति यो आफैमा दर्विलो ऐतिहाशिक उदाहरणिय कार्य हुन । त्यसैगरि सिंगापुरमा गत मंशिरमा सम्पन्न भएको एशिया प्यासिफिक सितोरियो कराते महासंघको नेतृत्व समेत नेपाललाई दिलाउन सक्नु लामाको प्रमुख भुमिका रहेको घाम र ऐना जस्तै छर्लङ्ग रहेको सितोरियो करातेकर्मीहरु वताउछन ।
गत वर्ष मित्र राष्ट्र चीनको हाङझाउमा सम्पन्न भएको १९ ओै एशियन गेम्समा करिव २५ बर्ष पछि कराते खेलवाट एरिका गुरुङ्गले ऐतिहाशिक रजत पदक प्राप्तिले लामाको नेतृ्त्वलाई सुनमाथि सुगन्ध थपिदियो भने जसले अन्तराष्ट्रिय जगतमा कराते खेलको माध्यमवाट राष्ट्रको शिर उच्च वनाईदियो ।
लामाको नेतृत्वमा गत वर्ष काठमाण्डौमा सम्पन्न भएको सातौ दक्षिण एशियाली कराते प्रतियोगिताले नेपालको नाम फेरि एक पटक दक्षिण एशियाली मुलुकमा ३० स्वर्ण पदक सहित १ नं वन्न पुग्यो । त्यसैगरि मित्र राष्ट्र भुटानको राजधानी थिम्पुमा सम्पन्न भएको आठौ दक्षिण एशियाली कराते प्रतियोगितामा ३१ स्वर्ण,११ रजत र १० कास्य सहित पुन: नेपालले टिम प्रथम हाशिल गरयो,जुन नतिजाले हाम्रो निखारता सक्षमता र अवलता निरन्तर कायम रहेको प्रमाणित गरिदियो ।
हुन त,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा आफैमा एउटा अव्वल,सवल,सक्षम,योग्य र नेतृत्व क्षमतावानका रुपमा लिन सकिन्छ । खेलकुद क्षेत्र वाहेक कलाकारिता र पर्यटन व्यवसायी क्षेत्रमा पनि लामा अव्वल मानिन्छन । बि.स.२०६८ सालमा राष्ट्रिय खेलकुद परिषदको नेतृत्व सम्हाले पछि नेपाली खेलकुद क्षेत्रमा उनले बिकाशका काया पलट नै गरिदिए ।
अझपनि उनलाई नेपाली खेल क्षेत्रमा पुर्व सदस्य सचिव शरद चन्द्र शाह पछि सफल सदस्य सचिव भनेर खेलकर्मीहरुले भन्ने गरेको पाईन्छ । विगतका राष्ट्रिय खेलकुद परिषदका सफल सदस्य सचिव नेपाल कराते महासंघको अध्यक्ष हुनुको नाताले पनि आगामी दिनमा कराते खेलले अझ एउटा बिशेष उचाई र बिन्दुमा पुग्ने कुरामा बिश्वस्त रहेको करातेकर्मीहरु वताउछन ।
नेपाली खेल क्षेत्रको कराते आफैमा एउटा गर्विलो नाम र उदाहरण हुन । आजका दिनसम्म आईपुग्दा र छोटो समयमा युवराज लामाको नेतृत्व कराते खेलको उपलब्धी र नतिजाले नेपाली खेल क्षेत्र चलायमान भईरहनु पर्ने समेत सन्देश दिईरहेको छ । भनिन्छ “जहाँ अवशर,त्यहा चुनौतीका थुप्राहरु” भने जस्तै अध्यक्ष लामा संग अवशर र चुनौतीका थुप्राहरु पनि धेरै छन, त्यसैले अवशरहरुलाई सदुपयोग गर्दै चुनौतीहरुलाई आत्मसात गरि अघि बढे लामा र कराते खेल सफल बन्ने कुरा दुईमत रहदैन ।
खासगरि नेपाली खेलकुद एउटै गतिमा बढन नसक्नुको कारण वेला-वेला राजनिति परिवर्तन भईरहनुले पनि यस क्षेत्रलाई असर गरिरहेको भन्दा फरक नपर्ला । खेल क्षेत्रमा हुने बढदो राजनिति र अनुकुल मौसमी राजनितिमा चल्न रुचाउने केही व्यक्तीवादी चरम अवशरवादीहरुका कारण पनि यस क्षेत्र पर्याप्त फस्टाउन नसकेको खेलकर्मीहरु वताउछन ।
खेलकुदको हरेक गतिविधिको प्रष्ट र छर्लङ्ग विचार राख्न रुचाउने लामा आफुले सन्चालन गरेका हरेक कार्यक्रम र खेल गतिविधिको सामाजिक संजालमा सार्वजनिक गरिहाल्छन ता,कि कोही पनि अनभिज्ञ नरहोस । गुरु लामाको कतिपय सार्वजनिक गरिहाल्ने प्रजातान्त्रिक शैलीले पनि प्राय खेल गतिविधि गुपचुप राखेर व्यक्तीगत फाईदा लुटन पल्केका केही खेलद्रोहीहरु संशकित रहेको र वेला वखत लामा विरुद्ध लागिपरेको यदाकदा पाईन्छ।
मैले मेरो खेलकुद र कराते जीवनमा करिव आधा दर्जन करातेका अध्यक्षहरु संगको राम्रै अनुभव छ तर, गुरु युवराज लामा जस्तो एउटा डायनामिक नेतृत्व अरुमा सायदै पाए । गुरु युवराज आफैमा एउटा व्राण्ड हो,जसले गर्दा कराते खेललाई उहाको आगमन पश्चात कराते को ईज्जत र प्रतिष्ठाले आफ्नै उचाई लिन सफल भएको छ जो हामी सामु घाम र ऐना जस्तै छर्लङ्ग छ ।
यदी युवराज गुरुहरु जस्तै हरेक खेल संघहरुले नेतृत्व पाउने हो भने,नेपाली खेलकुदले ठुलो उपलव्धि हाशिल सहित अग्रगामी छलाङ्ग मार्ने दुईमत रहदैन ।
