‘आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ’

अन्तराष्ट्रिय प्रवास

गौशाला, १३ वैशाखः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट आतङ्कवादलाई परास्त गर्न यसविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आज गृह जिल्ला महोत्तरीको गौशालामा नेता कार्यकर्तासँग छलफलका क्रममा उहाँले हालै भारत, काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले सबैलाई दुःखी तुल्याएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध उठाएको कदममा नेपालको पनि साथ रहने बताउनुभयो ।

मन्त्री भण्डारीले नेपालले विश्वशान्तिको पक्षमा रहेको भन्दै जुनसुकै नाममा हुने हिंसा स्वीकार्य नहुने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने नीतिअनुसार पार्टी जनस्तरबाटै मिसन ८४ अभियानमा लागेको बताउनुभयो ।