काठमाडौँलाई हरियाली बनाउन ताते सामाजिक अभियन्ता

समाचार

काठमाण्डौँ

काठमाडौँलाई हरियाली बनाउन सामाजिक अभियन्ताहरूको समुहले सक्रियता देखाएको छ। आफुलाई कुनै संघ संस्थाको प्रतिनिधि भनेर चिनाउन नचाहने स्वतन्त्र सामाजिक अभियन्ताहरूको समुहले  काठमाडौँको तिनकुने क्षेत्रमा पहिलै राेपिएकाे तर विभिन्न कारणवश मरेका वाेटविरुवाकाे ठाउँमा  नयाँ वाेटविरुवाहरू थप्ने काम गरेको छ।

धुलो र धुवा बाट ग्रसित काठमाण्डौंमा आजकल हामि केही हरियाली देख्न सक्छौँ र त्यस्ता काम विभिन्न संघ सस्था र  स्वतन्त्र सामाजिक अभियन्ताहरूको समुहले गर्दै आएको छ।

यसै क्रममा स्वतन्त्र सामाजिक अभियन्ता अशोक खड्काले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सक्रियताका साथ आफ्नो समुहले अगाडी बढाउने बताउनुभयो। उक्त कार्यक्रममा स्वतन्त्र सामाजिक अभियन्ताहरू कमल राज गिरी, विश्व यादव, प्रविण आचार्य, अशोक खड्का लगायतका सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।