बिष्णु गुरुङ
बुसान, दक्षिण कोरिया ।
मिर्याङ नेपाली समाज दक्षिण कोरियाको आयोजनामा नेपाली राजदूतावास सउलको घुम्ती सेवा शिविर मिर्याङमा मे ४ आइतबार सञ्चालन हुँदैछ र उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुर्ण भएको मिर्याङ नेपाली समाजका अध्यक्ष साजन थापाले बताउनुभएको छ।
यस कार्यक्रममा e-Passport नवीकरण, श्रमिक अन्तरक्रिया, तथा दूतावाससम्बन्धी समस्याहरूको समाधान गरिनेछ।
सेवाका लागि अनिवार्य प्रक्रियाको रुपमा फारम अनलाइन मार्फत अप्रिल २५, शुक्रबार १५:००-१७:०० भित्र भरिसकेको हुन पर्ने र सबैले फर्म भरेर QR कोड पनि प्राप्त गरिसकेको साथै उक्त QR अनिवार्य रुपमा पासपोर्ट बनाउदा सम्बन्धित व्यक्तिलाई बुझाउनु पर्ने समेत अध्यक्ष थापाले बताअनुभएको छ।राहदानीको नवीकरणको लागि अवधि १ वर्षभन्दा कम भएको हुनपर्ने साथै G-1 भिसा वा अवैधानिक अवस्थामा रहेका व्यक्तिले घुम्ति सेवा मार्फत राहदानी नविकरणको सेवा लिन नमिल्ने आयोजकले बताएको छ।
Appointment Date अप्रिल २७ पछाडिको राख्नुपर्ने (शनिबार, आइतबार, बिदाबाहेक) र दस्तुर:नवीकरण शुल्क: 210,000 KRW, हराएको/ड्यामेज भएकोमा: 420,000 KRW (पुलिस रिपोर्ट वा ओरिजिनल आवश्यक) र डाक मार्फत पाउँदा: थप 3,000 KRW लाग्नेछ।यसको लागि नगद स्वीकार्य नहुने र तोकिएको खातामा ट्रान्सफर अनिवार्य रुपमा गर्नुपर्ने छ।
राहदानी नबिकरणका लागि आवश्यक कागजातहरू (फोटो/सक्कल):
1. Appointment QR कोड
2. हालको राहदानी
3. 외국인등록증 (Residence Card)
4. नेपाली नागरिकता
स्थान: 경남 밀양시 시청 동길 18-3
टोकन वितरण: बिहान ७:४५
कार्यक्रम सुरु: बिहान ८:००
सम्पर्क:
साजन थापा (010-7627-1501)
विक्रम गरं जा (010-7633-6446)
एजेलिया थेबे (010-8116-5154)
अशिम पुन मगर (010-9660-5824)
उक्त कार्यक्रममा अतिरिक्त शुल्क नलाग्ने र कसैले मागेमा दूतावासमा जानकारी गराउन दुतावासले आग्रह गरेको
