११ ओै सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुने – संयोजक खपाङ्गी

खेलकुद समाचार
मेरो योजना भनेको लाखौं रुपैयाँ खर्च गरेर बिदेश जान नसक्ने जेहेन्दार,गरिव,क्षमता र प्रतिभावान खेलाडीहरुको प्रतिभाको प्रस्फुटन र उनिहरुको अन्तराष्ट्रीय प्रतियोगिता खेल्ने ईच्छा र चाहनालाई सहज र सरल रुपमा स्वदेशमै अवशर प्रदान गर्दै आफ्नै भुमीमा उनिहरुको त्यो ईच्छा पुर्ती गर्नु हो र “सबैका लागि समान खेलकुद”भन्ने मुल नारालाई स्थापित गर्नु हो
– गजेन्द्रबहादुर खपाँगी ‘ईश्वर’

अर्को साता अर्थात जेठ ३ गते देखि कराते एकेडेमी कभर्डहल सातदोवाटोमा ११ ओै सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना हुदैछ । राष्ट्रिय खेलकुद परिषदको स्वीकृती र नेपाल कराते महसंघको स्वीकृती एवम तत्वाधानमा नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २६ ओै बार्षिक उत्सवको अवशरमा आयोजना हुन गईरहेको यस प्रतियोगिता बारे कार्यक्रम संयोजक तथा नेपाल सितोरियो कराते संघका प्रवक्ता एवम शाखा डोजो नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपॉगी ‘ईश्वर’ सँग हाम्रा संबादाताले तयार पारेका यो कुराकानी प्रस्तुत गरेका छौ ।

आगामी जेठ ३ देखि ११ ओै सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ,कस्तो छ तयारी ?

– हामी यो प्रतियोगिताको सम्भवत अन्तिम तयारीमा जुटिरहेका छौ,अर्थात,लगभग सबै तयारी गरिसकेका छौं । हाम्रा देशका खेलाडीहरुको तौल आज २७ गते देखि शनिवार देखि शुरु भएको छ भने,अन्तिम तौल लिने यही वैशाख २९ गते सोमवार राखिएको छ भने,यो निरन्तर ३ दिन सम्म चल्नेछ । खेलाडीहरुको देशैभर र देश वाहिरबाट उल्लेख्य रुपमा सहभागी हुने भएको छ । बिदेशबाट आउने टिमहरु,भारत ,श्रीलंका,बंगलादेशका खेलाडीहरुको ईन्ट्री नामावली आईसकेकाछन भने,केही आउने क्रम जारी छ । बाँकी रहेका केही भारतका खेलाडीहरु र अफिशियलहरु
को अन्तिम नामावली ईन्ट्री गर्ने जेठ १ गते बिहान ११ सम्म राखिएको छ भने,अब हामी कार्यक्रमलाई कसरी सफल,सभ्य र भब्य रुपमा अनुशासित तवरले सफल बनाउने भन्ने मुल बिषयमा लागिपरेका छौं ।

तपाईको संयोजकत्वमा करिव साढे २ दर्जन भन्दा वढी कार्यक्रम सम्पन्न भईसकेको छ,यो कार्यक्रममा चाहीं नौलो कुरा केही छ,कि ?

– मैले मेरो संयोजकत्व / अध्यक्षतामा करिव ३ दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिताहरु संचालन गरिसकेको छु । यस अर्थमा पनि यो नौलो अनि फरक छ,भन्न चाहन्न । यसो भन्दैमा पुरै विगतको जस्तो चाही हुदैन किनकि,अहिले विश्व खेलकुद वजार निकै नै अगाडी बढिसकेको छ,त्यस अर्थमा हामी पनि नयाँ अपडेट सहित फरक हुनुपर्छ भन्ने मान्यता राखेका छौ । साथै यो प्रतियोगिता नेपालका अन्य कराते संघ र क्लवहरुले आयोजना गर्ने प्रतियोगिता भन्दा चाही केही भिन्न र फरक छ । यस अर्थमा फरक छ,हामीले यस पटक सहभागिता जनाउने राष्ट्रको संख्या बढ़ाएका छौं ,यस पटक नया राष्ट्रको रुपमा कतार पनि सहभागी हुने भएको छ। प्रतियोगिता अनुशासित,धाँधली रहित,मर्यादित र ब्यबस्थित बनाउदै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई ,पदक ,प्रमाण-पत्र सहित नगद पुरस्कारको पनि ब्यबस्था गरेको छौं,जसले गर्दा खेलाडीहरुमा नौलो जोस,जाँगर सहित हर्षको आयाम थपिने कुरामा हामी बिश्वस्त छौं।

तपाईको अध्यक्ष तथा संयोजकत्वमा यस्ता प्रतियोगिताहरुको धेरै आयोजना गरिसक्नुभएको छ ,तपाईको भावी योजना र लक्ष्य चाही के हो ?

-मैले मेरो खेलकुद जीवनमा करिव साढे तीन दशक समयमा करिव तीन दर्जन प्रतियोगिताको आयोजना र संयोजन गरिसकेको छु । मेरो योजना भनेको लाखौं रुपैयाँ खर्च गरेर बिदेश जान नसक्ने जेहेन्दार,गरिव,क्षमता र प्रतिभावान खेलाडीहरुको प्रतिभाको प्रस्फुटन र उनिहरुको अन्तराष्ट्रीय प्रतियोगिता खेल्ने ईच्छा र चाहनालाई सहज र सरल रुपमा स्वदेशमै अवशर प्रदान गर्दै आफ्नै भुमीमा उनिहरुको त्यो ईच्छा पुर्ती गर्नु हो र “सबैका लागि समान खेलकुद”भन्ने मुल नारालाई स्थापित गर्नु हो । साथै आगामी दिनमा शाखा डोजो नक्सालको आयोजनामा सगरमाथा साफ च्याम्पियनसिप लगायत अफिशियल एशियन कराते प्रतियोगिताको बृहत आयोजना गर्ने लक्ष्य र उदेश्य हो ।

तपाईले भने जस्तै एउटा डोजोले साफ र एशियन प्रतियोगिताको आयोजना गर्ने सम्भव छ त ?

– एक्ज्याक्टली , एकदम सम्भव छ । तर यस्तो ठुलो प्रतियोगिताहरुको आयोजना गर्न सही भिजन र मिसन बोकेर आउने खेलकुदका उच्च ओहोदामा बस्नेहरु हुनुपर्छ र उहाँहरुले हाम्रो विगत देखि बर्तमान सम्मको कार्यक्षमता,लगाव र योगदानलाई सही मूल्यांकन गरि पहिचान गर्न सक्नुपर्छ । साथै हामीले गरिरहेको कार्यलाई होईमा होस्टे गर्दै समवन्धित निकायले उचित बजेटको निर्धारण गरिदियो भने त्यो त्यती टाढाको बस्तु हो जस्तो मलाई लाग्दैन । साथ-साथै कर्पोरेट सेक्टरहरुले पनि चासो देखाउदै सहयोग गरेमा यो सम्भावना नजिक छ ।

प्रसंग बदलौ यस पटक तपाईले गर्ने कार्यक्रमको सेड्युल कसरी बनाउनु भएको छ ?

– सबैभन्दा पहिला हाम्रो यो प्रतियोगीताको शुभारम्भ जेठ २ गते सबै सहभागी अन्तराष्ट्रिय टिमलाई स्वागत र अन्तिम रजिस्ट्रेशन गर्नेछौ । त्यसपछि कार्यक्रमको उद्घघाटन जेठ ३ गते शनिवार संगै प्रतियोगिता संचालन गर्दैछौ भने,जेठ ४ गते आईतवार प्रतियोगिता निरन्तर पछि बेलुकी बिजेता खेलाडीहरुलाई पुरस्कार बितरण पछि कार्यक्रम समापन गर्नेछौ । त्यसैगरि जेठ ५ गते सहभागी सबै अन्तराष्ट्रिय पाहुना टोलीलाई धन्यवाद सहित बिदाई गर्नेछौ ।

भने पछि कार्यक्रम बिशेष सहित भव्य र सभ्य रुपमा आयोजना सहित सफल हुन्छ ,होईन त ?

-अबश्य हुन्छ,किन भन्दा हरेक दृष्टिकोणबाट हेर्ने हो,भने हामीले बिगतमा पनि करिव ३ दर्जन कार्यक्रम गर्दै गर्दा ब्यवस्थित गरी सम्पन्न गरिसकेका छौ । यो पटक पनि बिगतमा भन्दा अझ भव्य,सभ्य,मर्यादित र अनुशासित तवरले सम्पन्न गर्ने कुरामा हामी आयोजक कमिटी लागिरहेका छौ । साथै सम्पुर्ण नव खेलाडीहरुका निम्ति,यो प्रतियोगिता फरक अनुभव संगाल्ने गतिलो माध्यम हुनेछ भन्ने बिश्वास छ । साथै कार्यक्रम सफल पार्न सबै करातेकर्मी,खेलप्रेमीहरुमा सहयोगको अपिल गर्दछु र यो प्रतियोगिता जसरी भएनि सफल पार्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।

तपाईले वर्षो देखि आयोजना गर्दै आउनु भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताले राज्यलाई के फाईदा पुगेको छ ?

-एकदमै राम्रो र सान्दर्भिक प्रश्न गर्नुभयो,त्यसका निम्ति धन्यवाद ।मैले वर्षौ देखि आयोजना गरेका प्रतियोगिताहरुले विशेष गरी नयाँ उदयीमान खेलाडीहरुको जन्म भएको छ । विगत देखि आयोजना गर्दै आईरहेको प्रतियोगिताहरुमा हिजोका राष्ट्रिय टिमका खेलाडीहरु र आजका राष्ट्रिय टिमका खेलाडी मेरो संयोजकत्वमा आयोजना गरेको प्रतियोगिता नखेल्ने सायदै होलान । चाहे १७ ओै एशियन गेम्समा कास्य पदक विजेता विमला तामाङ्ग वा अहिले १९ ओै एशियाडमा ऐतिहाशिक रजत पदक विजेता एरिका गुरुङ्ग लगायत दर्जनौ राष्ट्रिय खेलाडीहरुले समेत हामिले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाईसकेका छिन । साथै यसले राज्यलाई के फाईदा पुग्यो भने,यदी हामिले प्रतियोगिताहरु आयोजना नगरेका भए विमला र एरिकाहरु लाई एउटा गतिलो प्लेटफर्म पाउदैनथ्यो र उनिहरु जस्ता प्रतिभावान खेलाडीहरु जन्मन गार्हो हुन्थ्यो । साथै अन्तराष्ट्रिय प्रतियोगिता सन्दर्भमा विभिन्न मुलुकवाट आउने खेलकर्मीहरुले राज्यलाई पर्यटनमा राम्रै फाईदा पुगेको छ भन्ने मैले वुझेको छु ।

के तपाईलाई राज्यले अर्थात,पर्यटन संग सम्वन्धित क्षेत्रले सहयोग गरेको छ ?

-आजका दिनसम्म २६ वर्ष निरन्तर रुपमा,१६ वटा राष्ट्रियस्तर र विभिन्न राष्ट्र सहभागी गराएर १० वटा अन्तराष्ट्रिय प्रतियोगिता गरिसके,तर आजका दिनसम्म राज्यको समवन्धित क्षेत्र खेलकुदले केही सहयोग गरेको छ,तर सम्वन्धित पर्यटन क्षेत्र र कर्पोरेट सेक्टरले न चासो देखायो,न त सहयोग नै गर्यो । खैर सायद भावी दिनमा गर्ला कि ।

र अन्त्यमा,मैले सोध्न बिर्सिएको र तपाईले भन्न भुल्नुभएको केही छ,कि ?

– सम्भवत: सबै कुरा यिनै हुन,फेरी पनि जॉदा जादै मँ एउटा कुरा सबैमा के अनुरोध गर्न चाहन्छु भने ,यो प्रतियोगिता हामी सबैको प्रतियोगिता हो । यो कार्यक्रम पनि बिगतका कार्यक्रमहरु जस्तै सफल पार्न सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । बिशेषत: मिडियाकर्मी पत्रकार मित्रहरुलाई,यो प्रतियोगिताको समाचार संकलन गरी प्रचार-प्रसार गरी बिगतका कार्यक्रम जस्तै सफल पारिदिनु हुन अनुरोध गर्न चाहन्छु । साथै सबै खेलकर्मी / खेलप्रेमी ,करातेकर्मी महानुभावहरुलाई कार्यक्रमको अवलोकन गर्न कराते एकेडेमीहल सातदोवाटोमा आफ्नो अमूल्य उपस्थिति जनाईदिनहुन अग्रिम हार्दिक निमन्त्रणा सहित सम्पुर्ण करातेकरमी,खेलाडीहरुमा सहभागीका निम्ति अनुरोध गर्न चाहन्छु ।
– धन्यबाद