काठमाडौं । गायक सन्तोष प्रगाढ राईले स्वर रहेको नयाँ गीत ‘सिरसिरे हावाले’ यतिबेला चर्चा पाइरहेको छ । युट्युब च्यानल मार्फत् सार्वजनिक उनको युट्युव र टिकटकमा उत्तिकै चर्चा र लोकप्रिय बनिरहेको छ । शब्द रचना यम.केबी कोइरालाको रहेको सिरसिरे हावाको संगीत र संगीत संयोजन समेत गायक स्वयंले नै गरेका हुन् । गीतको म्युजिक भिडियो राइसँगै संगीता दोङको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो धनबहादुर तामाङ ‘सागर’को निर्देशन रहेको छ ।

