काठमाण्डौ,बैशाख ३० मंगलवार,
उज्वेकिस्तानमा हुनगईरहेको ए.के.एफ.प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टिममा रहेर वन्द प्रशिक्षणमा रहेका सम्पुर्ण कराते खेलाडी तथा प्रशिक्षक,अफिशियलहरुलाई खेल पोशाक ट्रयाक सुट र टोपी विरतरण गरेको छ ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले आज एक कार्यक्रम विच सम्पुर्ण खेलाडीहरुलाई उक्त सामग्री वितरण गर्नुभयो । खेल पोशाक ट्रयाक सुट र टोपी महासंघका कोषाध्यक्ष भट्टराईले उपलव्ध गराएका हुन ।
पुर्व सफल सदस्य सचिव समेत रहनु भएका लामा,कराते महासंघको नेतृत्वमा आएको २ वर्ष यता कराते खेलले राष्ट्रका निम्ति ऐतिहाशिक पदकहरु हाशिल गरिसकेको छ भने,कराते खेलको उचाई निक्कै नै वढेको समग्र करातेकर्मी र खेलकर्मीहरु वताउछन ।अध्यक्ष लामा सफल चलचित्र कर्मी मात्र नभई,एक सफल खेल नेतृत्व र पर्यटन व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।

