काठमाण्डौ,३ जेठ शनिवार,
राष्ट्रिय खेलकुद परिषदको स्वीकृती तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २६ ओै बार्षिक उत्सवको अवशरमा आयोजित,११ओै सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता शनिवार देखि शुरु भएको छ । नेपाल सहित भारत,बंगलादेश,कतार सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पूर्ब अर्थमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का उपमहासचिव वर्षमान पुन’अनन्त’ले एक बिशेष कार्यक्रम बिच शनिवार उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि ‘अनन्त’ले खेलकुद क्षेत्रले सवै राष्ट्रलाई एकतावद्ध गर्दै भाईचाराको सन्देश विश्व सामु दिने वताउनुभयो ।कार्यक्रममा नेपाल कराते महासंघ मासचिव तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंग,कतारका क्योसी मिर्जा अली वेग,भारतका सोके सैयद,रमेश भडाङ्गे,अमे लस्करी,मो ओराङ्गेवाज,वंगलादेशका मो.जहिरुल ईस्लाम लगायतकध उपस्थिति हेको थिषो ।
कार्यक्रम संयोजक एवम नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’को सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो दिन शनिवार नेपालले ८ स्वर्ण सहित शिर्ष स्थानमा, भारत ६ र वंगलादेशले १ स्वर्ण पदक हाशिल गरे ।नेपालको तर्फवाट चिल्डेन एकल कातामा आयु तामाङग,अमृना तामाङ्ग,ओस्विना तामाङग,प्रविधी थापा र १६-१७ वर्षमा आयोजक नक्सालका स्वरनिमा सिह ठकुरी ले नेपाललाई स्वर्ण दिलाए । त्यसैगरी ६-७ वर्षमा अनमोल मगर र दिक्षा तामाङगले स्वर्ण जिते ।
त्यसैगरी भारतका युग वालागी भगत,सरत शर्मा,अव्रुनी ,तेजस मलिक,जयन्त वागराकार र माही धारु ले भारतलाई स्वर्णदिलाए भने वंगलादेशका पुरुष सिनियर कातामा दवरोटो चक्रवर्तीले स्वर्ण जिते ।
कुल ६१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको उक्त प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । आईतवार सम्म निरन्तर चल्ने प्रतियोगिता कराते एकडेमि सातदोवाटोमा सन्चालन भईरहेको छ।

