एथलेटिक्स खेलाडि याङ्दी लामा शेर्पाद्वारा सगरमाथा आरोहण

खेलकुद

काठमाडौं । एथलेटिक्स खेलाडि याङ्दी लामा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकि छिन् । उनले सन् २०२५ मे महिनाको १९ तारिखको दिन विहान ८ः२५ मा सगरमाथाको शिखरमा पाइला राखेकि थिइन् । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १, होरसिङ्गामा जन्मिएकी याङ्दी नेपालकै पहिलो महिला एथलेटिक्स खेलाडि हुन् । उनले विश्वकै चर्चित प्रतियोगिता तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा सहभागी भएर तीन पटक सम्म पदक जितेकि छिन् । यसका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका म्याराथन,र अल्ट्रा म्याराथन जस्ता प्रतियोगिताहरुमा सफलता पूर्वक भाग लिइ विजयी समेत भएकी छिन् ।