मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

मुख्य समाचार समाचार

काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो । बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ । नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

यस्तै बैठकमा सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलव्ध गराउन सहरी बिकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि भएको छ । मन्त्रिपरिषद् बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ । बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्ति गरेको थियो ।