सिटिजन्स बैंककाअध्यक्षश्री राजन सिंह भण्डारीद्वारा सपथ ग्रहण

आर्थिक राजनीति समाचार

काठमाडौं १३ असोज । नेपाल राष्ट्र बैंकमाआयोजित एक कार्यक्रमका बिच मिति २०७६।०६।१० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारासर्वसम्मत रुपमाअध्यक्षमामनोनितहुनु भएकाश्री राजन सिंह भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथागोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।बैंकको स्थापनाकालदेखिपौष २०७५ सम्मप्रमुखकार्यकारी अधिकृतको रूपमासफलकार्यकालपुरा गर्नु भएकाश्री भण्डारीले आगामी ४बर्षको कार्यकालकालागिआजैबाट पदभार ग्रहण गर्नु भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुदमुनाफाआर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्तसंस्थाश्री सहयोगीविकास बैंक लिमिटेडलाई प्राप्तिगर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्यप्रक्रियागतकार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहजबनाउनभूमिकानिर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमाथप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमाप्रादेशिककार्यालयहरुको स्थापनागरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।