न्यूयोर्क १२ जेठ । किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको दशौं राष्ट्रिय महाधिवेशन आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ । महाधिवेशनले पुरन पयाङ्गुको अध्यक्षतामा १९ जना नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्ष सुर्य लिङ्देन, उपाध्यक्षमा सरस्वती कन्दङ्वा, निर्मला कन्दङ्वा र घनेन्द्र मावो चयन भएका भने चुम्लुङको महासचिवमा दिनेश लिङ्देन, कोषाध्यक्षमा दिक्षाँ जबेगु, सचिवमा सजना सुब्बा ‘एभेङ’ र सचिवमा हरी जबेगु रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा पुनम लिम्बु, मौसम इङ्नाम, सुबिङ लिम्बु, सन्जोक थेगिम, केपी शेर्मा, लेलिन इजम, सन्ध्या लिम्बू र देवी इजम रहेका छन् भने संस्माथाको मानार्थ सदस्य तर्फ रुपा याखा चयन भएका छन् । चुम्मलुङको नयाँ कार्य समितिको आगामी बैठकले विभिन्न राज्यहरुबाट अन्य सदस्यहरु मनोनित गरिने महासचिव दिनेश लिङ्देनले जानकारी गराए ।
