भावना कार्की
सौल/ दक्षिण कोरिया ।
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ मा भब्य रूपमा मनाउने भएको छ।
नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।
नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन।
भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।
कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गरिएको छ ।
कार्यक्रममा जानका लागि विभिन्न ठाउँबाट बसको व्यवस्था गरिएको महासचिव अमर दर्लामीले जानकारी दिए ।

कोरियामा मगर संघले हरेक बर्ष ऐतिहासिक रूपमा मनाउदै आउने गरेको भुमे पुजामा यस बर्ष देखी आफ्नो भेष भुसालाई मध्यनजर गर्दै यो पाली एक जना पुरूष र एक जना महिलालाई उत्कृष्ट मगर ड्रेस छनोट गरि पुरस्कृत गर्ने थेगु शाखाका संरक्षक कमल थापा मगरले जानकारी दिएका छन।
