काठमाडौँ, २१ जेठः केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा पत्रकार कुवेर गिरी र चलचित्रकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिस्तरीय निर्णयबाट जाँच समितिको रिक्त दुई पदमा नियुक्त गरी आज नियुक्तिपत्रसमेत प्रदान गर्नुभएको हो ।
दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय गिरी चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ । यस्तै, अर्की सदस्य मैनालीले कलाकार, लेखक र निर्देशक भएर चलचित्र र टेली शृङ्खलाका विभिन्न विधामा काम गर्नुभएको छ ।

