काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी अख्तियारले गरेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै माधव नेपालको सांसद पद स्वत निलम्बनमा परेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालमाथि विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत निलम्बनमा परेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था छ ।२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै उनीसहित ९३ जनालाई मुद्दा दायर गरेको जनाएको छ ।
