अष्ट्रेलियाको एडिलेटमा देशभक्तिपूर्ण चलचित्र काँडेतार 20 june, the regal theater मा भब्य प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शन गर्ने क्रममा निर्माता अन्जु केसीको उपस्थित रहेको थियोे । चलचित्र हेर्न एन,आर,एन,आई,सि,सि सुजन अधिकारी,पूर्व एन.आर.एन अध्यक्ष दिपक बिष्ट एडिलेट, एन.आर.एन पूर्व अध्यक्ष नवीन कडेल एन.आर.एन सल्लाहकार महेश गौतम councillor at city council of marion रेनुका लामा, प्रिन्सिपल चन्द्रमनि पाण्डे समाजसेवी गणेश प्रसाद पराजुली, अशोक के सि, पत्रकार वालगोपाल उपाध्यया,युवराज पहाडी ,सिमा गुरूङ,सन्दिप जि सि, सुदन के.सि, सुमित मल्ल, आदर्श काफ्ले लगाएत सम्पूर्ण अष्ट्रेलिया, एडिलेट निवासी नेपाली प्रति देशभक्तिपूर्ण चलचित्र हेर्न आउनु भएका र प्रत्यक्ष,अपत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा आभार व्यक्त गरेकिछिन् निर्माता अन्जु केसीले । साथै चाँडै क्यानाडाको क्याल्गरीमा काँडेतार 26 july 2025 ग्लोव सिनेमा हल क्याल्गरी, क्यानाडामा देशभक्तिपूर्ण चलचित्र काँडेतार प्रदर्शन हुदैछ भने अमेरिका लगायत थुप्रै देशमा प्रदर्शन हुदैछ । नेपालमा पुनः प्रदर्शन २०८३ मा गरिने जानकारी गायिका तथा कार्यकारी निर्माता सत्यकला राईले बताईन । दर्शकहरूको प्रतिक्रियाका बारे बताउदै मुख्य आयोजक मध्यका एक अभिषेक क्षेत्रीले भने जसले काँडेतार फिल्म हेर्दैन ऊ नेपाली हुन सक्तैन भन्ने कसै कसैले त पि ,आर, त्यागेर नेपाल फर्किन मन लाग्यो पनि भने काँडेतार हेरेपछि , कसैले मेरो शरिरमा काँडा उम्रिएर आयो जस्ता अनौठा अनौठा प्रतिक्रिया दर्शकले दिएको बताए। काँडेतार चलचित्र मात्रै होईन,मुख्यत देश बचाउने महान अभियान हो,यो निरन्तर चलिरहन्छ । राष्ट्र पहिलो कुरा हो त्यसैले हामी नेपालीहरू जोडिदै जानेछौ भन्ने कुरामा आफू विस्वस्थ रहेर र निरन्तर अगाडि बढिरहेनेछौ भन्छन् नायक ,निर्माता निर्देशक नवल खड्का ।

