ईशाराको एकल शो असार १५ बाट

मनोरन्जन

काठमाडौं १४ असार । चर्चित हास्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी शो’ को दोस्रो संस्करण असार १५ गतेबाट सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्याउने परोपकारी उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । गणेश इशाराको दोस्रो संस्करणको ‘अल नेपाल एकल कमेडी शो’ को तालिका निम्नानुसार रहेको जानकारी गरिएको छ । झापा असार १५, धरान साउन १ ‘सदन स्कुल सभाहल’, गाईघाट भदौ १, धनकुटा असोज १, पाँचथर कार्तिक १, इलाम मंसिर १, पोखरा पुस १, दाङ माघ १, हेटौंडा फागुन १ र काठमाडौंमा २०८३ वैशाख १ गते कमेडी शोको आयोजना हुने तालिका सार्वजनिक गरिएको छ ।
कलाकार इशाराका अनुसार उनको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहने छ । यस कार्यक्रमबाट सङ्कलित रकम वीरमाया राई ‘शोभोमा’ को स्मृति कोषमा जम्मा गरिने छ, जसबाट अनाथ र असहाय बालबालिकालाई सहयोग पुराइने छ ।