व्यवस्थापन संघको अध्यक्षमा लुईंटेल

राजनीति समाचार

काठमाडौँ १६ असार । देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सहभागिता रहेको व्यवस्थापन संघको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल ‘राज’ चुनिएका छन् ।
माननीय उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न संघको तेस्रो महाधिवेशन एवं चुनावीसभा २०८२ बाट लुईंटेल अध्यक्षमा चुनिएका हुन् ।
सभाले लुईंटेलको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिमा उपाध्यक्षमा तृष्णा गुरुङ, समीर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखरेल, कोषाध्यक्षमा मनोज थापा रहेका छन् ।
त्यसैगरी सहसचिवमा भागिरथकुमार पोखरेल, सह कोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की रहेका छन् ।