एनआरएनए NSW SCC सदस्य पदका उम्मेदवारमा प्रेम दाहाल, भारि बहुमतले जित्ने आंकलन सोमित अधिकारी

कोरियाअपडेट समाचार

सोमित अधिकारी

प्रेम दाहालले आगामी गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) २०२५–२७ कार्यकालका लागि अष्ट्रेलियाबाट एनआरएनए एससीसी सदस्य पदकालागि आफ्नो उम्मेदवारि दिएका छन् ! सिन्धुली स्थायी घर भई हाल अष्ट्रेलियाको डब्बोमा स्थायी रूपमा बसोबास गर्दै आएका दाहाल नेपालमा हुदा पनि युवा नेता र व्यावसायिको रुपमा आफ्नो छुटै पहिचान बनाउन सफल उनि अष्ट्रेलियामा पनि उही गतिमा नेपाली समुदायको हक, हित र बिकाशको लागि सक्रिय रुपमा क्रियासिल रहदै आएका छन् ! बिशेस गरेर युवा नेतृत्व एबं व्यावसायिक रुपमा अग्रसर उनि अष्ट्रेलियामा सबैमाझ परिचित छन् !

NRNA मार्फत अष्ट्रेलियामा भएका सम्पूर्ण नेपालीहरुको आवाज बुलन्द गर्ने अठोट लिएका उनले
एनआरएनए मात्र एउटा सबै अटाउन सक्ने साझा मञ्च भएको हुदा यसबाट मात्रै प्रवासी नेपालीहरको हकहित, पहिचान र अवसरलाई प्रवर्द्धन गर्न सक्ने हुदा आफुले SCC सदस्यका रूपमा आफूलाई प्रस्तुत गरेको कामदार दैनिकलाई बताएका छन् !

बिशेष गरि नेपाली समुदायका आवाजहरू नीति निर्माण तहसम्म पुर्‍याउने, विद्यार्थी, कामदार, व्यवसायी र अभिभावकहरूको समस्या समाधान गर्न पहल गर्ने बताउदै अब एनआरएनएको भविष्य निर्माण गर्ने समय भएको हुदा समुदायको विविध आवाजलाई समेटेर पारदर्शी नेतृत्व स्थापना गर्नुनै आफ्नो प्राथमिकता हुने समेत बताए !

तपाई किन टिम एकता भनेर प्रश्नगर्दा उनि भन्छन् , “Team EKATA सहर र गाउँ सबै क्षेत्रका प्रतिनिधिहरूबाट बनेको समावेशी टिम हो। म यो टिमसँग सहकार्य गर्दै पारदर्शिता, युवाको सक्रियता, व्यवसायिक सञ्जाल र सामाजिक समृद्धिको पक्षमा काम गर्नेछु।”

समुदायप्रति उनको अपिल निम्न छन् :
📌 “यदि म SCC सदस्यमा निर्वाचित भएँ भने, म NRNA मार्फत सम्पूर्ण समुदायका समस्या, सुझाव र आवश्यकतालाई जिम्मेवारीपूर्वक सम्बोधन गर्नेछु।
📌 म मेरो सामाजिक, सांस्कृतिक र पेशागत अनुभव प्रयोग गरी सबै वर्गको प्रतिनिधित्व गर्नेछु।
📌 तपाईंको अमूल्य मत र विश्वासले हामी एक सक्षम, उत्तरदायी र समावेशी एनआरएनए एनएसडब्लु निर्माण गर्न सँगै अगाडि बढ्न सक्छौं।”

🗳️ NRNA NSW निर्वाचन मिति: २६ जुलाई २०२५
✅ मत दिनुहोस् – Team EKATA
📌 उषा किरण बरिया पोखरेल नेतृत्वमा बनिरहेको यो टिम पारदर्शी, समावेशी र कार्यदक्षताको प्रतिक हो।