काठमाण्डौ,असार २२ आईतवार,
श्रीलंकाको कोलम्वोमा सम्पन्न भएको ९ ओै दक्षिण एशियाली कराते प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित कुल ३६ पदक जित्दै,शानदार प्रदर्शन गर्दै पदक सहित टिम दोश्रो भएकोछ ।
भारतले २३ स्वर्ण ,२४ रजत र २ कास्य सहित टिम प्रथम रह्यो भने,आयोजक श्रीलंकाले १६ स्वर्ण २० रजत र ५ कास्य सहित टिम तृतीय मा चित्त बुझायो । नेपाल को लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समुहमा १९ ओै एशियन गेम्सकी रजत पदक विजेता तथा कराते-१ ,प्रिमियरलिगका ऐतिहाशिक कास्य पदक विजेता हिमालयन वारियर एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाईन ।
एरिकाले व्यक्तिगत र टिम कुमुते दुवैमा दोहोरो स्वर्ण जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान थप उचो बनाएकी छिन । त्यसैगरि पुष्पका लामाले-५० केजी तौल समूहमा व्यक्तिगत तथा टिम, सविना श्रेष्ठले -यू -५५ केजी तौल समूहमा व्यक्तिगत तथा टिम कुमुतेमा दोहोरो स्वर्ण जित्दै नया रेकर्ड कायम गरिन ।त्यसैगरि पुरुष तर्फ -६७ किलो तौल समुमा र – यू–२१ मा प्रदीप बैजाली मगरले दोहोरो स्वर्ण र साथै टिम कुमुतेमा रजत पदक जित्दै एक ऐतिहासिक कीर्तिमान स्थापित गरे ।
लगातार सातौ र आठौ दक्षिण एशियाली कराते प्रतियोगितामा टिम प्रथम भएको नेपाल ९ ओै संस्करणमा भने टिम दोश्रो हुदै ह्याट्रीक हुनवाट चुकेको छ । झिनो पदकको अन्तरले टिम दोश्रो भएको नेपाल,खेलाडीहरुको उत्कृष्ठ प्रदर्शनले चित्त वुझाउने ठाउँ भने प्रशस्तै रहेको सहभागी प्रशिक्षकले वताए । विगत २ वर्ष यता करातेले लगातार सफलता हात पार्दै आईरहेको र ऐतिहाशिक पदक जित्दै नेपालको नाम कराते खेलको माध्यमवाट अन्तराष्ट्रिय जगतमा फैलाईरहेको छ ।
प्रतियोगिताको पुर्व सन्ध्यामा गत शुक्रवार बिशेष अधिवेशन (कङग्रेश) मा दक्षिण एशियाली कराते महासंघका महासचिव समेत रहनु भएका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ्ग ले सहभागी जनाएका थिए ।उक्त कङ्ग्रेशले,१० ओै दक्षिण एशियाली कराते प्रतियोगिता-२०२६ वंगलादेशमा आयोजना गर्न निर्णय गरेको छ । नेपाली कराते टोली वुधवार स्वदेश फर्कनेछ ।
नेपालका लागि पदक विजेता खेलाडीहरु:
स्वर्णपदक विजेता:
(१)एरिका गुरुङ्ग +६८ किलो,
(2) पुष्पका लामा-५० किलो,
(३) सविना श्रेष्ठ -५५ किलो,
(४) प्रदिप वैजाली मगर-६७ किलो,
(५) टिमकाता महिला
(६) टिम कुमिते महिला,
-यु-२१,
(१) सन्जु देशार – एकलकाता,
(२) अन्जली महर्जन-५०, किलो,
(३) प्रदीप वैजाली मगर-६७, किलो,
(४) साहिल नेपाली-७५ किलो,
जुनियर पुरुष तर्फ
(१) राकेश मानन्धर-५०, किलो,
(२) निशान तामाङ -६८ किलो,
(३) सुरज राजवाहक-७६, किलो,
(४) अर्पन थापा मगर +७६ किलो,
महिला
(१) सुस्मिता वाईवा-४२, किलो,
(२) अष्ठा लुहार-४८ किलो,
(३) सोनम शेर्पा-५३, किलो,
(४) टिकामाया जिमी-६६, किलो,
क्याडेट तर्फ,
(१) अनिल रोका मगर-५५ किलो,
(२) नेहाल मण्डल +७० किलो,
(३) मनिशा कुमारी बोहरा-६३ किलो,
रजत पदक विजेता:-
(१) सोनिम मानन्धर एकलकाता,
(२) लिजन साउद-६०, किलो,
(३) पुरुष टिम कुमिते-
-यु-२१’पुरुष,
(१) मनिश कार्की एकलकाता,
(२) सूर्यचन्द्र राई-५५ किलो,
(३) रोमन लामा -८४, किलो,
(४) सानुमाया थिङ्ग-एकलकाता
(५) वर्षा वुढा मगर-४५, किलो,
जुनियर
(१) साइमन श्रेष्ठ-५५, किलो
(२) साहिल राई-६३ किलो
(३) सन्दिप तामाङ, ७०, किलो
कास्यपदक विजेता:-
१) टिमकाता पुरुष,
(२) अंकित राई-५०, किलो
(३) सविन सुनार-५५, किलो
(४) राजिव पुडासैनी-७५,किलो
(५) मोहम्मद सेख आलम-८४,किलो
(६) शुरेश जप्रेल + ८४, किलो
(७) गीता पुवारे-६८, किलो
