काठमाण्डौ,असार २३ सोमवार,
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा विशेष प्रशिक्षण सम्पन्न भएको छ ।सहभागी खेलाडी तथा प्रशिक्षकहरुलाई कतारका वरिष्ठ प्रशिक्षक क्योसी मिर्जा ग्रान्जफर अलि वेगले विशेष प्रशिक्षण गराउनु भएको थियो ।उक्त प्रशिक्षणमा नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका करिव ३ दर्जन खेलाडीहरु प्रशिक्षित भए । कार्यक्रममा नक्साल डोजोका अध्यक्ष एवम प्रमुख प्रशिक्षक गजेन्द्र वहादुर खपाङ्गी,स-प्रशिक्षकहरु पुनम श्रेष्ठ खपाङ्गी,वुद्धीमान माझी,प्रज्ञा खपाङगी,सुदिप वलामी,डोजोका पदाधिकारी,खेलाडीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


