जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी दर्ता गरेका छन ।
जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२५-०२७ को लागि सदस्यमा युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी घोषणा गरि दर्ता गरेको जानकारी दिए ।

जापान तथा नेपालमा ट्राभल, शैक्षिक परामर्श केन्द्र, रेष्टुरेंट तथा नेपालको कृषिमा लगानी गरेका सुमनले जापानमा सामाजिक कार्यमा समेत साथ सहयोग गर्दै आएका छन ।
टोक्योको शिनओकूबोमा एल्मिरा ट्राभल र त्रिसरा नेपाली रेष्टुरेंट चलाएका कार्कीले नेपाल जापान गरी २२ जनालाई प्रत्यक्ष रोजगार दिलाएका छन ।
एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको १२औं राष्ट्रीय महाधिवेशन जुलाई २० तारिख र जुलाई २७ मा निर्वाचनबाट निर्वाचित हुनु पर्ने प्रावधान छ ।
