गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

कोरियाअपडेट समाचार

यहीँ जुलाई २० मा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि सिद्धार्थ श्रेष्ठले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

११ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर थुप्रै काम गर्नुभएका हालका उपाध्यक्ष श्रेष्ठले एनआरएनए जापानको १२औं महाधिवेशनबाट चयन हुने २०२५/२०२७ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो । जुलाई १२ शनिबार टोकियोमा एक कार्यक्रमको आयोजना गरी उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा दिर्घकालीन सक्रियता, स्पष्ट धारणा, र कार्यप्रतिको निष्ठाको परिचय बनाउनु भएका श्रेष्ठ संस्थागत विकृति र असमानताको विरुद्ध आवाज उठाउँदै आउनु भएको छ । उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभयो “काम गर्ने अवसर पाएमा म एनआरएनए जापानलाई पारदर्शी, चुस्त र जवाफदेही बनाउनेछु। म वाचा होइन, काममा विश्वास राख्छु।”

(साभारःhernekura.com)