दोस्ती ह्याङ राई(सुदिप)को नेत्रृत्वमा(NRNA)ख्यङसान(बुसान) शाखामा सहित सर्बसहमत कार्यसमिति चयन

कोरियाअपडेट समाचार

बिष्णु गुरुङ

गिम्हे, दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ख्यङ्सानको (बुसान)छैटौं अधिवेशन आईतबार किम्हेमा सम्पन्न भएको छ ।

अधिवेशनले दोस्ती ह्याङ राई  (सुदिप) अध्यक्ष रहेको  नयाँ कार्यसमिति चयन गरेको छ ।अध्यक्षका प्रत्यासी शिवराज केसी पछि हटेपछि राई निर्विरोध अध्यक्षमा विजयी भएका हुन् ।

 नयाँ कार्यसमितिको  उपाध्यक्षमा प्रेम कार्की र तेज नारायण बेलवासे ,महिला उपाध्यक्षमा रक्षा कार्की,सचिवमा विपन  कार्की निर्विरोध चयन भएका छन्

 त्यस्तै  सह-सचिवमा  रामेश्वर दाहाल,कोषाध्यक्षमा राजेन्द्र मोक्तान ,सह कोषाध्यक्ष  सरिता बडुवाललाई  जिम्मेवारी दिईएको छ ।सदस्यहरुमा विनोद खनाल ,राम कार्कि,विकेस दाहाल ,एरिक लिम्बु चयन भएका छन् । केहि सदस्य अझै थप गरिने बताईएको छ ।

संगीत अधिकारी संयोजक संजिव कुमार राई,भेषराज दाहाल,सानुराज मगर र रविन राई  सदस्य रहेको निर्वाचन कमिटिले  निकै रस्साकस्सीका  बीच निर्वाचन बिना सहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।