गैर-आवासीय नेपाली संघ( NRNA-NCC) दक्षिण कोरियाले बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक गर्ने

कोरियाअपडेट समाचार

सोमित अधिकारी 

सौल/ दक्षिण कोरिया 

गैर-आवासीय नेपाली संघ( NRNA-NCC) दक्षिण कोरियाले यहि मिति 2025-07-26 शनिबारको दिन कोरिया स्थित नेपाली समुदाय विच बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक कार्यक्रम गर्ने भएको छ ।

संघको पछिल्लो अवस्था,वैधानिक्ता र समाजमा रहेको भ्रमलाई चिर्न यो कार्यक्रम निर्माण गरियको हो आयोजकले बताएको छ।

आयोजकका अनुसार विभिन्न सामाजिक व्यक्तित्व र एनआरएनए अभियान्ताहरु संग अन्तरक्रिया गरेर सत्य,विधि र वैधानिकता स्पष्ट पार्ने लक्ष्यका साथ यो , यो कार्यक्रम गर्न लागिएको हो। 

महासचिव सोडारीले  समाजका प्रमुख तथा प्रतिनिधि तथा सम्पुर्ण कोरियावासि नेपाली दाजुभाइ तथा दिदि बैनिहरुको सल्लाह,सुझाव बाट आफ्ना  गतिविधि र जिम्मेवारीलाई अझ बलियो तरिकाले अगाडि बढाउन आफुहरुले चाहेको बताए।

साथै उक्त अवसरमा आफ्नो निर्वाचित  कार्यसमितिले आफनो कार्यकालमा गर्न सकिने प्रतिबद्वता पनि सार्वजनिक गर्ने भएको 

कार्यक्रममा सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,राजनैतिक दल ,पत्रकार,श्रमिक,विध्यार्थि तथा एनआरएनए अभियन्ताहरुलाई आमन्त्रण गरिने कार्य जारी छ ।

कार्यक्रम विवरण
मिति: २०२५ जुलाई २६ (शनिवार)
स्थान: दर्शन नमस्ते रेष्टुरेन्टको पाचौ तलाको सभाहल
समय: शनिवार दिउसो 3:00 बजे बाट ।

गैर-आवासीय नेपाली संघ( NRNA-NCC) दक्षिण कोरिया