बैदेशिक रोजगार बोर्डले माग्यो करारमा कर्मचारी

वैदेशिक रोजगार समाचार

वैदेशिक रोजगार बोर्डले करार सेवामा चार जना कार्यक्रम अधिकृत र १२ जना स्वयंसेवक कर्मचारी माग गरेको छ।

स्थानीय तहहरूमा सुरक्षित आप्रवासन कार्यक्रम र सेवा सञ्चालनको प्रभावकारिता सुनिश्चित गर्न बोर्ड सचिवालयले कर्मचारी माग गरेको हो।

कार्यक्रम अधिकृतको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ। उमेर हद २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनुपर्नेछ। स्वयंसेवकका लागि माध्यामिक तह(१२ कक्षा) उत्तीर्ण गरेको हुनुपर्नेछ।