मिहेनतले मिलेको दिपेशको सफलता

मनोरन्जन

काठमाडौं १० साउन । नारीपर्व तीज नजिकिँदै गर्दा यतिबेला तीज गीतको भिडियो निर्माणमा व्यस्त रहने गरेका दिपेश एसके सबै खालै गीतको भिडियोमा काम गरिसकेका छन् । जस्तै भजन, राष्ट्रिय गीत, रोमान्टिक, लोकआधुनिक र मर्मश्पर्शी भावुक गीतहरुमा उनको कोरियोग्राफी देख्न सकिन्छ ।
लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्नै कर्मले लोकप्रिय हुन चाहन्छन् । उनलाई आफ्नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ फल मिल्छ भन्ने कुरा राम्रैसंग बुझेका दिपेशको समय अहिले कसरी राम्रो कोरियोग्राफरी गर्ने भन्नेमा नै बित्ने गर्छ । किन की सातामा सातैवटा भिडियोको कोरियोग्राफी भ्याउनु पर्ने उनको बाध्यता छ ।
राम प्यारी, लेक लेक, लुकी लुकी, यो दिलईमा तिमी छौ, आउ मिलिजुली, घुमाइदेउन नौ तले धरहरा, सेलोमा जुहारी, साई हो मायाँ, गुराँस टिपं म, जिन्दगीको के हुन्छ भर लगायत ३०० भन्द बडी गीतको भिडियोमा कोरियोग्राफी गरिसकेका दिपेशका पछिल्लो समय चर्चामा रहन सफल गीतहरुमा आयो बराई माईतीको देश, पालुङ तीरमा, थोरै थोरै लागेको लाज, झुटो बात, तिम्रा लागि रुने मन आदि छन् ।
उनलाई अरूले के गर्छन् वा के भन्छन् त्यसमा सरोकार छैन । काम नै उनको पहिलो प्राथमिकता हो । वषौंदेखि पर्दा पछाडि रहेर कोरियोग्राफरी गर्नेका बीचमा एउटा सफल पात्र हुन् दिपेश ।
बिगत दश वर्ष देखि त्रिशक्ति डान्स एकेडेमि सञ्चालन गर्दै आइरहेका दिपेश एसके आफ्ना कामले नै यो पहिचान बनेको हो ।
दर्जनौ सफल भिडियो दर्शक समक्ष पस्किसकेका यु्वा पुस्ताका लोकप्रिय कोरियोग्राफर दिपेश एसके भविष्यमा पनि यसै क्षेत्रमा निरन्तर लागि रहने सोंचमा छन् ।
नामका लागि अनेक प्रयास गर्नेका बीचमा दिपेश भन्छन्, ‘मलाई मिडियामार्फत चर्चा कमाउनु छैन, मिहिनेतले काम गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ, भन्नेमा म पूर्ण विश्वस्त छु, किन की मेरो काम प्रतिको लगनशीलता, धैर्यता र मिहेनतले नै यो सफलता मिलेको हो ।’