काठमाडौँ, साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक सुधारका लागि दलहरू गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
ग्लोबल स्टारद्वारा आज यहाँ आयोजित कलाकार सम्मान कार्यक्रममा उहाँले देशमा रहेका कृषि, खनिज, जलस्रोतलगायत स्रोतको उपयोग गरी आर्थिक सृमद्धि हासिल गर्न दलहरूसँग योजना हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले नेपाललाई धनी र समृद्ध बनाउन उद्यमशीलताको विकास र युवा सशक्तिकरणको खाँचो औँल्याउनुभयो ।
उहाँले नेपाली कला विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउँदै बताउँदै विविधतायुक्त मुलुकमा सबै जाति तथा समुदायका भाषा, साहित्य कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
