काठमाडौं । साउथ एसियनस्तरिय २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपालले स्वर्ण पदक हासिल गरेको छ । श्रीलंकामा आइतबार आयोजित प्रतियोगितामा क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागि नेपाली खेलाडी सनि सिंहले स्वर्ण पदक जित्न सफल भएका हुन् । उक्त प्रतियोगितामा श्रीलंकाका खेलाडीसँग दुई राउण्ड ड्र भएर तेस्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक जित्न सफल भएका थिए । पहिलो स्थान हासिल गर्न सफल भएका खेलाडिले ट्रफी तथा एक लाख नगद पुरस्कार हात पार्न सफल भएका छन् ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपालका खेलाडी सहभागि भएको उक्त प्रतियोगिताको अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन तथा खेलाडी शनि सिहले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रमुख अतिथिमा वल्र्ड कुमिट फेडेरेशनका उपाध्यक्ष तथा वल्र्ड ब्याकुरेल काइकन कराते अर्गनाइजेसनका अध्यक्ष कान्चो सोशी सुगिहारा रहेका थिए । यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश तथा श्रीलंकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

