राप्ती स्मारिका–२०८२” को विमोचन हुने

कोरियाअपडेट समाचार

कमला के.सी 

दक्षिण कोरिया

— राप्ती समाज, दक्षिण कोरियाले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा “राप्ती स्मारिका–२०८२” प्रकाशन गरेको छ। स्मारिकामा प्रवासमा रहेका नेपालीहरूको योगदान, संस्थाको गतिविधि, राप्ती क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षहरू तथा विभिन्न सन्दर्भमा तयार गरिएका लेख रचनाहरू समावेश गरिएका छन्।

स्मारिकाको विमोचन कार्यक्रम आगामी आइतबार, अगस्ट १० तारिख दिउँसो १ बजे, सिओलको डोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा आयोजना हुने भएको छ। कार्यक्रममा कोरियास्थित नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

राप्ती समाजले कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, पत्रकार, व्यवसायी, बुद्धिजीवी, विद्यार्थी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ। “हामी जहाँ भए पनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित समाजले स्मारिकालाई नेपाली पहिचान र एकताको दस्तावेजको रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास आयोजक संस्थाले लिएको छ।