हालसम्मकै उच्चबाट घट्यो सुनको मूल्य

आर्थिक

काठमाडौं । नेपाली बजारमा बुधबार (साउन २१) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम छ । मंगलबार (साउन २०) सुनको मूल्य हालसम्मकै उच्च थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।