भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

वैदेशिक रोजगार समाचार

काठमाडौं । भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।