काठमाडौं । जिल्ला कारागार कैलालीमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । गएराति भएको झडपमा ४७ जना घाइते भएका छन् । “झडपमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी छन्,” जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बाह्रखरीसँग भने, “उनी विसं २०८१ माघ ४ गते लागुऔधष मुद्दामा कारागार चलान भएको पाइएको छ ।”
घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । डीएसपी सिंहका अनुसार घाइतेमध्ये तीनजनाको आईसीयूमा उपचार भइरहेको छ । बाँकीको अवस्था सामान्य रहेको उनले जानकारी दिए । “झगडा के कारण भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन,” उनले भने ।
