तमू धी दक्षिण कोरियाको ११औं महाधिवेशन अगस्ट २४ मा, नयाँ नेतृत्व चयन हुने

कोरियाअपडेट

सोमित अधिकारी 
सौल, दक्षिण कोरिया

कोरियामा बसोबास गर्ने तमू (गुरुङ) समुदायको अग्रणी सामाजिक संस्था तमू धी दक्षिण कोरियाले आगामी अगस्ट २४, २०२५ (आइतबार) का दिन आफ्नो ११औं महाधिवेशन भव्य रूपमा आयोजना गर्न लागेको छ। महाधिवेशनले दशौं कार्यसमितिको दुई वर्षे कार्यकालको समापन गर्दै नयाँ नेतृत्व चयन गर्नेछ।

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्या म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ) भन्ने ऐतिहासिक नारा बोकेको संस्थाले महाधिवेशनलाई आफ्नो सांस्कृतिक, सामाजिक र संगठनात्मक लक्ष्यहरूलाई अझ सुदृढ गर्ने अवसरका रूपमा लिएको अध्यक्ष रुपा गुरुङले बताउनुभयो।

संस्थाको पृष्ठभूमिः

सन् १९९९ मा स्थापना भएको तमू धी दक्षिण कोरिया विगत २५ वर्षदेखि कोरियामा रहेका तमूहरूको सांस्कृतिक पहिचान जोगाउन, भाषा र संस्कारको संरक्षण गर्न र आपसी सहयोगका कार्यक्रम सञ्चालन गर्न सक्रिय रहँदै आएको छ। वार्षिक सांस्कृतिक महोत्सव, भाषा संरक्षण अभियान, आपतकालीन राहत तथा सामाजिक सहकार्यका गतिविधि यस संस्थाका प्रमुख पहिचान हु

संस्थाले सम्पूर्ण कोरियावासी तमू दाजुभाइ तथा दिदीबहिनीहरूलाई महाधिवेशनमा सहभागी भई कार्यक्रमलाई ऐतिहासिक बनाउने आह्वान गर्दै हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको बिबरणः
• मिति: २०२५ अगस्ट २४ (आइतबार)
• समय: बिहान ११:०० बजे
• स्थान: 서울특별시 서울 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동)